एसईई २०७४मा छात्रा उपलब्धि कति ?

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

 काठमाडौँ नियमित तर्फ परीक्षा दिने ४५१, ५३२ विद्यार्थी मध्ये २२७,९३१ जना छात्रा थिए । छात्रको तुलनामा यो संख्या ४,३३० ले बढी हो।

समग्रमा छात्राको नतिजा विश्लेषण गर्दा

१. GPA ३.६५ देखि ४ सम्म ल्याउने छात्रा २.७ प्रतिशत मात्रै देखिए भने छात्रको प्रतिशत ३.६ रह्यो

२. त्यस्तै ३.२५ देखि ३.६ सम्म हासिल गर्न करिव ९ प्रतिशत छात्रा मात्रै सक्षम भए भने यो प्रतिशत छात्रको हकमा ११.६ प्रतिशत देखिन्छ

३. २.८५ देखि ३.२ सम्म हासिल गर्ने छात्राको प्रतिशत फेरि ९ प्रतिशत नै छ भने छात्रको प्रतिशत १२ प्रतिशत नाघेको छ

४. २.४५ देखि २.८ सम्म छात्राको उपलब्धि झन्डै १५ प्रतिशत रहेको छ भने छात्रको झन्डै १७ प्रतिशत पुगेको छ  ।

५. २.०५ देखि २.४ भित्र पर्ने छात्राको प्रतिशत १४ प्रतिशत छ भने छात्रको १३ प्रतिशत छ

६. १.६५ देखि २ GPA पाउने छात्रा २५ प्रतिशत छन् भने छात्र २० प्रतिशत छन्

७. १.२५ देखि १.६ भित्र पर्ने छात्रा ९ प्रतिशत छ भने छात्रको ७ प्रतिशत मात्र छ ८. ०.८५ देखि १.२ सम्म प्राप्त गर्ने छात्रा १४ प्रतिशत छन् भने छात्रको १२ प्रतिशत मात्रै छ छलफल र निष्कर्ष • यसरी हेर्दा संख्यात्मक रूपमा छात्राको संख्या बढी देखिएता पनि गुणात्मक रूपमा (२ GPA भन्दा माथि) छात्रको उपलब्धी बढी देखिएको छ ।

• GPA २ भन्दा तल भने छात्राको संख्या छात्रको तुलनामा बढ्दै गएको छ / यो राम्रो संकेत होइन।

• झन्डै ५० प्रतिशत छात्राको नतिजा GPA २ भन्दा तल नै छ।

• यसवाट के देखिन्छ भने छात्राहरुको पढाई स्तर छात्रको तुलनामा कम्जोर छ ।

• आगामी दिनमा GPA २ भन्दा माथि धेरै प्रतिशत छात्राको उपलब्धी बढाउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ।

• ४० प्रतिशतको हाराहारीमा छात्रको उपलब्धि GPA २ भन्दा तलनै हुनु पनि सुखद् पक्ष हैन।

• यसलाई गुणात्मक रूपले अभिवृद्धि गर्न नसके माथिल्ला कक्षामा विद्यार्थीले सास्ती वेहोर्नु पर्ने र विद्यालय शिक्षा पुरा नहुँदै विद्यालय छोड्नेको दर अप्रत्यासित रूपमा बढ्न गै शिक्षामा गरिएको लगानी खेर जाने देखिन्छ ।

शिक्षाविद् मनप्रसाद वाग्ले

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + = 22