ओम गुरुङको प्रधानमन्त्री ओलीलाई कटाक्ष, महाराज जनतालाई यसरी कहिलेसम्म सास्ती दिनुहुन्छ ?

  • 131
  •  
  •  
  •  
  •  
    131
    Shares

ओम गुरुङ
आजै म भैरहवाबाट काठमाडौं फर्कनु, आजै महाराज केपी ओलीको चीनबाट नेपाल फिर्ती सवारी हुनु । महाराजको फिर्ती सवारीले त्रिभुवन अन्तर्राष्ट्र्यि विमानस्थलमा अवतरण गरिसकेको यति एयरलाइन्सको विमानभित्र हामी सबै जहाजमा सवार गर्ने ७२ जना यात्रु र जहाजका चारजना कर्मचारी झन्डै एक घन्टाजति जहाज अपहरणकारीहरूले बन्धक बनाएको बन्धकजस्तै हल न चल हदै गुम्सिएर जहाजभित्रै बस्नु प¥यो ।

तर आज हामी कुनै अपहरणकारीको बन्धक थिएनौ, हामी त महाराज केपी ओलीको बन्धक । यसबाट कुनै यात्रुले आजै १ बजेको उडानबाट दक्षिण कोरियामा काम गर्न जान लागेका आफ्ना छोरा र कुनैले छोरी लाई भेट्न नपाउने सम्भावना भएकाले र कुनै यात्रुले आजै विदेश जाने उडान छुटाउन सक्ने सम्भावना भएको हँुदा ती यात्रुहरू भक्कानिन थाले । आफू भने आजै ३ बजे एउटा महत्वपूर्ण मिटिङमा भाग लिन भैरहवाको ४० डिग्रीको गर्मीबाट छुट्टी लिएर काठमाडौंको चिसो ठाउँमाडौंमा आएको हो ।

करिब एक घन्टासम्म जहाजभित्र उकुसमुकुस हुने गरी भएको गर्मीलाई मत्थर पार्न जहाज कम्पनीले बाहिरबाट छुट्टै एसी जडान गरी यात्रुहरूलाई हल्का शीतल दिने प्रयास गरे । तर एयरपोर्टका सुरक्षा कर्मचारीहरूले महाराज ओलीलाई एसीको आवाजले हल्ला हुन्छ भनेर जहाजका कर्मचारीहरूलाई बाहिरबाट जडान गरिएको एसी पनि चलाउन दिएनन् । महाराज ओलीको सवारी एयरपोर्ट भएदेखि महाराज एयरपोर्टबाट नबाहिरिएसम्म एक घन्टाजति एयरपोर्टमा कुनै जहाज उड्ने र बस्ने, गाडी गुड्ने जस्ता केही काम भएन । सबै चिज ठप्प रह्यो ।

जहाजबाट बाहिर हेर्दा पूरै एयरपोर्ट बिलकुल सुनसान र जहाजभित्र हेर्दा कुनै कुनै यात्रुहरू भक्कानिएको देख्दा लाग्यो, एयरपोर्टमा आज नेपालमा वा नेपालको एयरपोर्टमा कुनै एउटा ठूलै दुखद घटना घटेको छ । तर त्यो वास्तवमा कुनै दुखद घटना नभएर सुखद घटना नै थियो र त्यो सुखद घटना हाम्रो देशको जननिर्वाचित सरकार प्रमुख केपी ओलीको चीनबाट फिर्ती सवारी ।

तर जहाजभित्र बन्धक बनाइएका कुनै पनि यात्रुहरूको चेहरामा आफ्नो देशको जननिर्वाचित प्रधानमन्त्री विदेशबाट स्वदेश फर्केको उपलक्ष्यमा खुसीको कुनै संकेत थएन । सबैको अनुहारमा महाराजको कारण आफूहरू एक घन्टासम्म बन्धक बन्नु परेकाले उनीप्रति आक्रोशको प्रतिबिम्ब देखिन्थ्यो र सबैका मुखमा महाराजलाई गाली बेइज्जती सुनिन्थ्यो । महाराज जनतालाई यसरी कहिलेसम्म सास्ती दिनुहुन्छ र जनताको यो गाली बेइज्जती कहिलेसम्म सहनु हुन्छ ? यसबरे कहिले विचार पुया¥उने होला ?
– फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 ÷ = 76