त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रियो २७४ सिट क्षमताको नेपाल एयरलाइन्सको ‘अन्नपूर्ण’ विमान (फोटो सहित)

  • 6K
  •  
  •  
  •  
  •  
    6K
    Shares

काठमाडौं, १४ असार । नेपाल वायुसेवा निगमले खरिद गरेको २७४ सिटे पहिलो वाइडबडी विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ । नेपाली राष्ट्रिय ध्वजावाहक ए३३०–२०० जेट विमान युरोपियन एयरक्राफ्ट निर्माण कम्पनी एयरबसले बनाएको हो । विमानको कलसाइन ९एन–एली रहेको छ ।

अब नेपालीले अन्तर्राष्ट्रियस्तरको जेट विमान चढ्न पाउने भएका छन् । नेपाल वायुसेवा निगमले केही समयअघिदेखि नै एयरबससँग दुइ वटा वाइडबडी भएको विमान खरिद सम्झौता गरेको थियो । अर्को विमान एक महिनापछि नेपाल आउने पर्यटन मन्त्री रबिन्द्र अधिकारीले  जानकारी  दिएका छन्  । राष्ट्रिय ध्वजाबाहक ‘अन्नपूर्ण’ ले अगष्ट १ तारिखदेखि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3