कट्रिना र ज्याकलिनको कारण सलमानलाई तनाव

  • 317
  •  
  •  
  •  
  •  
    317
    Shares

एजेन्सी,१४ असार । बलिउड सुपरस्टार सलमान खान आफ्नो फिल्म ‘द ब्याङ्ग टुर’ लिएर अमेरिका पुगेका छन् । तर अभिनेत्री कट्रिना कैफ र ज्याकलिन फर्नान्डेजको कारण निकै तनावमा रहेका छन् । कट्रिना ज्याकलिन बिच बढ्दो सत्रुताको कारण सलमानलाई सकस परेको छ ।

गत फागुनमा फिल्म ‘द ब्याङ्ग टुर’ लिएर नेपाल आउने भनेका अभिनेता सलमान खान विविध कारण आउन सकेनन् ।
तथापी नेपाल आउन नसकेका सलमान यतिबेला दुई अभिनेत्री सहित फिल्म ‘द ब्याङ्ग टुर’ लिएर अमेरिकामा पुगेका हुन ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईका कारण सलमानलार्इ सास्ती भइरहेको छ । कट्रिना र ज्याक एक अर्कासंग नमिल्दा उनीहरूलार्इ एकै चोटि स्टेजमा उतार्न त परको कुरा, एउटै फ्ल्याटमा राख्नसमेत गाह्रो परेको छ ।

सञ्चारमाध्यमका अनुसार दुई अभिनेत्रीलाई एकै होटलका बेग्लाबेग्लै तलामा राखिए पनि क्यानाडाको कार्यक्रममा भने होटल अगल–अलग गरिदिन सलमानले व्यवस्थापकलाई अह्राइसकेका छन् । दुईले एकअर्कालाई हेर्न पनि चाहदैनन् । र उनीहरूको कुनै हातलमा पनि आई कन्टयाक्ट नहोस् भन्नेमा सलमान र आयोजक समूह सचेत रहेछन् ।

सन् २०१६ मा ज्याकलिनको ‘ढिसुम’ फिल्म रिलिज भएपछि उनलाई कट्रिनासँग दाँजिएको थियो । उनले अभिनय र डाइलग डेलिभरीमा कट्रिनाको नक्कल गरेको आक्षेपसमेत लागेको थियो । ज्याकलिनले यस आक्षेपको खण्डन गर्दै आफूहरूलाई नदाँज्न आग्रह गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =