पुरोहितबाट नेपालको सनातन धर्मसंस्कृति खतरामा

  • 376
  •  
  •  
  •  
  •  
    376
    Shares

विन्दुकान्त घिमिरे
दिवंगत चिकित्सक डा. उपेन्द्र देवकोटाका परिवार तथा आफन्तजनलाई समवेदना प्रकट गर्न दुरदराजबाट समेत सर्वसाधरणको ओहिरो लाग्यो । सात दिनसम्म उनको निवासमा थेगिनसक्नुको भीड जारी रह्यो । परिवार जन भन्दा पनि समवेदना प्रकट गर्न आउनेका आँखामा आँसु थिए ।

काजकिरियामा रहेका श्रीमती डा.मधु, तथा छोरीहरू मेघा, वसुधा र मञ्जरीले समवेदना प्रकट गर्न आउने भक्कानिएका मनहरूलाई उल्टै संझाइरहेको देखिन्थ्यो । काजकिरियाको तेस्रो दिन एउटा यस्तो जमात ज्ञापनपत्र बोकेर आइपुग्यो कि त्यो जमातलाई देखेर समवेदना प्रकट गर्न आउनेहरूको भीड अझ स्तव्ध भयो । त्यो जमातमा केही पुरोहितहरू सामेल थिए ।

ती पुरोहितहरूको प्रश्न थियो– ‘१३ दिन लगाउनुपर्ने काजकिरिया किन सात दिनमै सक्न खोज्दै छौ, यस्तो काम हिन्दूधर्म विपरीत भएन ?’ यस विषयमा विवाद गर्न श्रीमती मधु तथा छोरीहरूले चाहेनन्, उनीहरूले आवश्यक पनि ठानेनन् । पण्डितजीलाई नै सोध्नोस् भनेर उनीहरू पन्छिए । पण्डितले पनि यस विषयमा विवाद गर्ने समय यो नरहेको महसुस गर्दै उनीहरूले दिएको ज्ञापनपत्र खोल्तीमा हाले । पण्डित र परिवारले केही प्रतिक्रिया नदिएपछि त्यो जमातले झन होसिँदै १३ दिनको काजकिरिया सात दिनमा झार्ने सहयोग गर्ने सबै पण्डितलाई सामाजिक बहिस्कार गर्ने फरमान जारी ग¥यो । यो फरमानलाई मिडियाहरूले वास्ता गर्नुपर्ने विषय ठानेनन् । हिन्दू धर्मको रक्षा गर्ने भन्दै हिँडेको यो जमातले यतिबेला समाजिक सञ्जालको चरम दुरुपयोग गरिरहेको छ ।

डा.देवकोटाको निधन भएको दिन असार ४ गते नै न्युरो अस्पतालद्वारा जारी विज्ञप्तिमा उनको काजकिरिया छोरीहरूले गर्ने र सात दिनमै काजकिरिया सम्पन्न गर्ने उल्लेख गरिएको थियो । डा. देवकोटा जीवित हुँदा नै सायद यस विषयमा निक्र्योल गरिसकिएको थियो । हिन्दू धर्मशास्त्रअनुसार छोरीले काजकिरिया गर्न हुन्छ कि हुन्न ? काजकिरिया १३ दिन नै बस्नुपर्छ कि छोट्याउन पनि सकिन्छ ? भन्ने विषयमा धेरै नै मतमतान्तर छन् । तर स्वयं देवकोटा तथा उनको परिवार पनि हिन्दू धर्मशास्त्रको ज्ञाता हो । डा. देवकोटाका बाबु–बाजे पनि गण्डकी क्षेत्रका नाम चलेका पण्डित हुन् । डा. देवकोटाले प्रारम्भिक शिक्षा आफ्ना बाबु–बाजेबाटै लिएका हुन् । श्रीमती मधु पनि हिन्दू धर्मदर्शन बुझेको दीक्षित परिवारकी छोरी हुन् । तर देवकोटा परिवारले लिएको यो निर्णयका विषयमा यतिबेला एकथरी पुरोहितहरूले अनर्गल हस्तक्षेप सुरु गरेका छन् । मानौ कि डा. देवकोटाको परिवारले हिन्दू धर्म संस्कृतिमाथि ठूलै धावा बोलेको छ ।

संस्कृति तथा परम्परा मुलुकका पहिचान हुन् । यी पहिचान मेटिनु भनेको मुलुककै पहिचान मेटिनु हो । आफ्नो पहिचान मेटिन दिनु हुन्न । तर जडसूत्रवादी चिन्तनले सांस्कृतिक तथा धार्मिक पहिचान जोगाउन सकिन्न । धरातलीय यथार्थताअनुसार परिमार्जन गर्न सकिएन भने धार्मिक तथा सांस्कृतिक परम्पराहरू लोप हुन्छन् । सांस्कृतिक तथा धार्मिक परम्परा मेट्ने प्रयास डा.देवकोटाको परिवारले ग¥यो कि ? ज्ञापनपत्र लिएर काजकिरिया बसेको ठाउँमा पुग्ने जमातले गरिरहेको छ ? भन्ने प्रशनको उत्तर यहाँनिर निकै महत्वपूर्ण हुन्छ ।

चर्चमा जाने बृद्ध–बृद्धाहरूलाई तपाई किन क्रिस्चियन बन्नु भयो ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको जवाफ हुन्छ– ‘छोरा भएनन्, सम्पत्ति नभएकाले भतिजाले काजकिरिया गर्दैनौ भने, क्रिस्चियन बनेपछि काजकिरिया गर्नुपर्दैन रे ।’ हुन पनि छोरा नहुने र १३ दिनसम्म काजकिरिया गर्न सक्ने आर्थिक पहुँच नभएका नेपालीको संख्या अहिले पनि उल्लेख्य छ । यही कमजोरीलाई टेकेर नेपालमा इसाईकरण भएको छ ।

डा. देवकोटा परिवारले दिएको यो सन्देशले इसाईकरण रोक्न निश्चय नै मद्दत पु¥याउनेछ । यतिबेला सनातन नेपाली धर्म संस्कृतिमाथि इसाईहरूको खुलेआम आक्रमण भइरहेको छ र त्यो आक्रमणका लागि वातावरण बनाउने काममा केही पुरोहितहरूको जमात सक्रिय छ । इसाईहरूबाट भन्दा पनि छोरा नहुनेहरूको किरिया गरेबापत र किरिया गराएबापत हुने आम्दानीको प्रलोभनमा जडसूत्रवादलाई जिवित राख्ने खोज्ने पुरोहित वर्गबाट नेपालको सनातन धर्मसंस्कृति खतरामा परेको छ ।
– फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =