प्रधानमन्त्री ओलीले सम्झे मदन भण्डारीलाई

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीकै मार्गनिर्देशनअनुसार देशमा राजनीतिक परिवर्तन संस्थागत भएको बताएका छन् ।

भण्डारीको ६७औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान सामाजिक सञ्जालमार्फतच भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले त्यस्तो बताएका हुन् । उनले अब मुलुकको आर्थिक विकासको यात्रामा अग्रसर हुन सबैलाई आग्रह गरेका छन् ।

नेकपा नेता नारायणकाजी श्रेष्ठले पनि भण्डारी प्रति श्रद्धाञ्जलीव्यक्त गरेका छन् । भण्डारीप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नु भनेको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु र अन्ततः समाजवादको दिशामा अघि बढ्नु भएको श्रेष्ठको भनाइ छ ।
भण्डारीको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभरी मनाइँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 9 = 1