अन्तरिक्षमा अमेरिकी सेना तैनाथ गरिदै

  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

एजेन्सी, १७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सशक्त वायुसेना रहेको भए पनि अब छुट्टै स्पेस फोर्स अर्थात् अन्तरिक्ष सैन्यबल गठनका लागि अघि बढिरहेको बताएका छन् ।

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले जल, स्थल तथा वायु क्षेत्रमा आफ्नो सैनिक उपस्थितिलाई त मजबुत बनाएकै छ । अब अमेरिकी सेना अन्तरिक्षमा पनि तैनाथ हुने बताएका हुन ।

अमेरिकी अन्तरिक्ष काउन्सिलको एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको रक्षाको सबालमा केवल अन्तरिक्षमा अमेरिकी उपस्थिति भएर मात्र नपुग्ने र अन्तरिक्षमा अमेरिकी दबदबा नै हुनुपर्ने बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएका छन् । अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुनेछ र यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्नेछ ।

समाचार अनुसार अमेरिकाको उक्त अन्तरीक्ष सेना स्पेस वार तथा अन्तरिक्षमा हुने कुनैपनि खाले सम्भावित युद्धका लागि तयार बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 12