प्रकाश दाहालको ३७औं जन्मदिनमा पत्नी विना मगरको भावुक स्टाटस, भन्छिन्, तिमीलाई पर्खिरहेकी छु

  • 512
  •  
  •  
  •  
  •  
    512
    Shares

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको आज जन्मदिन । गत मंसरि ३ गते आकस्मिक हृदयघातबाट प्रकाशको निधन भएपछि अब असार १७ सधैं स्मृतिमा मात्र सीमित हुनेछ । प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् ।

आफ्नो पतिलाई ३७ वर्षकै उमेरमा गुमाउनुपरेकोमा पत्नी विना मगर भावुक बनेकी छन् । उनी अहिले खानेपानी तथा सरसफाइ मन्त्री पनि छिन् । आइतबार बिहानै फेसबुकमार्फत विनाले प्रकाशलाई सम्झँदै जन्मदिनको शुभकामना दिएकी छन् ।

विनाले लेखेकी छन्, ‘प्रिय प्रकाश तिमीसँग जिउने रहरहरू मुटुभरि गाँठो पारी राखेकी छु । मुस्किलले पाएको खुसी सम्हाल्दै सँगै बिताएका विगतको स्वर्णिम पलहरू आज मेरो जिउने साहरा बनिरहेको छ । विचित्रको पीडाले छाती पोलिरहेको छ । मुटु निमोठिएझै बेचैनीमा मन छटपटिरहेको छ । सधैं खुसी छाउने आजको रातले केवल आँसु दिइरहेको छ । तिमी नफर्किने गरी मलाई छोडी गयौ यो हुन सक्दैन । तिमीलाई पर्खिरहेकी छु । तिमीलाई जन्मदिनको शुभकामना….।’

विनाले प्रकाश र छोरासँगका चारवटा तस्बिर पनि राखेकी छन् । साथै जन्मदिनको केक पनि सजाएर राखेकी छन् ।प्रकाश र विनाबाट एक सन्तान छोरा जन्मिएका छन् । विना प्रकाशकी कान्छी श्रीमती हुन् । प्रकाशको असामयिक निधनपछि आमा सीता निकै विक्षिप्त बनेकी छन् । सिंगापुरमा दुई साता लामो उपचारपछि सीता आज पति प्रचण्डका साथ स्वदेश फर्कंदैछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ 14 =