डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरायुक्त, हामी जिम्मेवारी लिँदैनौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • 79
  •  
  •  
  •  
  •  
    79
    Shares

सुर्खेत, १८ असार । शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य दिनदिनै बिग्रँदै जान थालेको छ ।
अनशनरत डा. केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिए । ‘२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ,’ मेडिकल डाइरेक्टर रोकायाले भने ।
बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन थालेका केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनको भनाइ छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा. केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताए । ‘डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कडाइ गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिग्रँदै गएको उनको भनाइ छ । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनले बताए । अनशनरत डा. केसीका समर्थकले भने उहाँको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 ÷ = 11