रोमियो एण्ड मुना स्याड भर्सन गीत रिलिज

  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

काठमाडौँ । फिल्म ‘रोमियो एण्ड मुना’को स्याड भर्सन गीत रिलिज भएको छ । गीतमा विनय श्रेष्ठ ‘रोमियो’ र सृष्टि श्रेष्ठ ‘मुना) घर फर्कदै छन् ।

गीतमा धरानबाट रोमियो काठमाडौँतर्फ हानिदै छन् भने मुना आफ्नो गाउँ फिरेकी छन् । ‘साँझ पर्यो’ बोलको गीत मार्मिक छ । कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा शब्द सिर्जनामा कालीलाई एकतारेले सहयोग गरेका छन् । गीतलाई गौरव डगाओंकरले गाएका छन् ।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ ।

फिल्म निर्माणमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका छन् । साउन ११ गते रिलिज हुने फिल्मले प्रचार-प्रसारलाई तिब्रता दिइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 5