भदौ २२ मा पुजा र प्रदीपको भिडन्त पक्का, कसले मार्ला बाजी

  • 779
  •  
  •  
  •  
  •  
    779
    Shares

काठमाडौँ, २०१६ मा रिलिज भएको चलचित्र ‘प्रेमगीत’ अघि नायक प्रदीप खड्का र नायिका पुजा शर्मालाइ धेरैले चिन्दैनथिए । ‘प्रेमगीत’ को सफलता संगै एकाएक चर्चामा आए प्रदीप र पुजा । उनीहरुको जोडीलाइ धेरैले मन पनि पराए तर उनीहरुको मित्रता फिल्म रिलिज संगै टुङ्गियो ।

झन्डै तिन वर्ष पछि मात्र दुश्मनी भुलेर अंकमाल गरेका प्रदिप र पुजाको फेरी अर्को भिडन्त हुने पक्का भएको छ। तिजको मौका पारी यस वर्षको भदौ २२ गते चलचित्र ‘रामकहानी’ रिलिज गर्ने फिक्स भैसकेको थियो । पछि यो फिल्म संग जुध्न आयो सलोन बस्नेत र सारा सिर्पाली अभिनीत फिल्म ‘सुश्री सम्पत्ति’। यी दुइ चलचित्रको भिडन्तको चर्चा सुरु नहुदै फेरी यहि मितिमा आउने भएको छ अर्को प्रतिक्षित चलचित्र ‘रोजी’ जसका नायक अरु कोहि नभएर प्रदीप खड्का रहेका छन् ।

अब यो मितिमा यो वर्षकै महाभिडन्त हुने भएको छ ‘प्रेम’ र ‘गीत’ को । पुजा र आकाशको जोडीले नै प्रतिक्षित बनेको ‘रामकहानी’को केहि साता अघि रिलिज भएको गीत ‘ तिम्रो लागि मा छु’ ले थप प्रतिक्षित बनाएको छ भने प्रदीप खड्का र पारमिता अभिनित रोजीको पनि टिजर सार्बजनिक भैसकेको छ । कुन फिल्मले बाजी मार्छ त्यो भने रिलिज पछि नै थाहा होला तर यी दुवै चलचित्रको भिडन्त भने अवस्य रोचक हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ 7 =