सदाबाहार जोडी शाहरुख र काजोल फेरीसँगै पर्दामा

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

एजेन्सी ,बलिउडको सफल जोडी शाहरुख खान र काजोल फेरी संगै पर्दामा देखिने सम्भावना बढेको छ । एक खबरका अनुसार करण जोहरको आगामी प्रोजेक्टमा उनीहरु फेरी संगै देखिन थालेका हुन् । यो बिषयमा करणले शाहरुख र काजोल संग कुरा समेत गरिसकेका छन् ।

करण जोहरकै चलचित्र ‘कुछ कुछ होता है’ ,’कभी खुसि कभी गम’ , ‘माइ नेम इज खान’ जस्ता ब्लक्बस्टर फिल्ममा शाहरुख र काजोलको जोडी लाइ रुचाइएको थियो । यस बाहेक १९९५ फिल्म ‘ दिलवाले दुल्हनिया ले जाएंगे’ र ‘बाजिगर’ लगायतका फिल्ममा पनि शाहरुख र काजोलको जोडीलाइ दर्शकले मन पराएका थिए ।

पछिल्लो पटक २०१५ मा रिलिज भएको चलचित्र ‘दिलवाले’ मा देखिएका यी जोडीलाइ फेरी पर्दामा देख्न दर्शक उत्सुक छन् । अहिले शाहरुख चलचित्र ‘जिरो’ मा ब्यस्त छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 ÷ = 8