बिना लगानी निर्माता बनेका सलमानले ‘रेस ३’ बाट कमाए १२० करोड, यसरी ढुबाए वितरकलाई

  • 460
  •  
  •  
  •  
  •  
    460
    Shares

एजेन्सी,२२ असार । फिल्म ‘रेस ३’ बाट बलिउडमा एक उदाहरण बनेको सलमान खानले उक्त फिल्मबाट १ सय २० करोड कमाएपनि फिल्मको वितरकले भने फिल्मबाट ५० करोड घाटा बेहोरिरहेका छन् ।

झण्डै १ सय करोडको बजेटमा बनेको यो फिल्मका निर्माता रमेश तौरानी भए पनि फिल्मको कमाइबाट उनले मात्रै २० करोड रुपैयाँ पाएका छन् । जबकि फिल्मका हिरो सलमान खानले १सय २० करोड लिएका छन् । यसपछि बजेको ७५ करोड रुपैयाँ वितरकले पाए । वितरकले फिल्मलाई हलमा बेच्नको लागि सलमान र रमेशसँग १२५ करोडमा अधिकार लिएका थिए । यस हिसाबले वितरकलाई फिल्मबाट ५० करोड घाटा भएको छ ।

यतिसम्म कि रेस–३ को लागि सलमानले निर्माणमा कुनै लगानी नगरेको बताइएको छ । सलमान यो फिल्मका सहनिर्माता हुन् तर सहनिर्माता बन्नको लागि सलमानले कुनै आर्थिक लगानी नगरी आफ्नो ब्राण्ड नाम मात्र दिएको बताइएको छ ।

थिएटरबाट रेस–३ ले १६० करोड बमाएको छ । इन्टरनेट, स्याटेलाइट राइट र म्युजिकबाट फिल्मले १०० करोडजति कमाएको बताइन्छ । यसरी फिल्मको कूल कमाइ २६० करोडजति देखिन्छ । यदि यो आँकडा ३२०–२५ करोडसम्म पुगेको भए वितरक पनि फाइदामा हुन्थे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =