डा.केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं, २२ असार । जुम्लामा अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा माग गर्दै नेपाली कांग्रेसले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । सांसद दिलेन्द्रप्रसाद बडूले प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावको समर्थकमा पार्वता डिसी चौधरी र अतहर कमाल मुसलमान छन् ।

सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा यसअघिको अध्यादेशका सबै कुरा समेट्न र त्यसैका लागि अनसनरत केसीको जीवन रक्षा गर्न प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद बडूले जानकारी दिए । संसद् बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद्को आजको बैठकमा संसदीय सुनुवाइ समिति गठन गर्ने सभामुख कृष्णबहादुर महराको भनाइ छ । एक साताभित्रै प्रतिनिधिसभामा रहेका १० वटा संसदीय सुनुवाइ समिति गठन गरिसक्ने उनको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =