सञ्जयको छोरी त्रिशलाले किन देखाइनन् ‘सञ्जु’ फिल्मको सफलतामा खुसी , यस्तो छ कारण

  • 752
  •  
  •  
  •  
  •  
    752
    Shares

एजेन्सी,२२ असार । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिकमा निर्माण भएको फिल्म ‘सञ्जु’मा त्रिशला दत्त र उनकी आमा रिचा शर्माको बारेमा केहि कुरा उल्लेख नगरिएको कारण सञ्जय दत्तको ठूली छोरी त्रिशुलाले फिल्म प्रति कुनै खुसी नदेखाएको हुन सक्ने अनुमान गरिएको छ ।

फिल्ममा त्रिशलाकी आमा रिचा शर्माका बारेमा केही उल्लेख छैन । रिचाको मृत्यु क्यान्सरबाट भएको थियो तर फिल्ममा न रिचाको, न त्रिशलाको नै उल्लेख छ ।  फिल्ममा बरू सञ्जय दत्तकी पूर्वप्रेमिकाको उल्लेख छ । उनको भूमिका सोनम कपूरले निर्वाह गरेकी छन् ।

सञ्जयकी तेस्री पत्नी मान्यता र उनका बच्चाहरूलाई फिल्ममा राम्रै उल्लेख गरिएको छ । मान्यताको भूमिकामा दिया मिर्जाले राम्रो अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय रहने त्रिशलाले पिताको जीवनीमा आधारित फिल्मका बारेमा केही टिप्पणी नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

81 + = 86