गृहमन्त्री थापासँग प्रधानमन्त्री ओली असन्तुष्ट, यस्तो छ कारण

  • 272
  •  
  •  
  •  
  •  
    272
    Shares

काठमाडौं, २२ असार । प्रधानमन्त्री बनेको ६ महिनामै केपी ओली आफ्नै सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहेको खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्री र गृहमन्त्रीबीच सम्बन्ध चिसिएको तथ्य खुलेको छ । केही दिनदेखि प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग असन्तुष्ट बनेको स्रोतले जनाएको छ ।

खासगरी गंगामाया अधिकारी र डा.गोविन्द केसीको आमरण अनसनप्रति गृहमन्त्री थापाले दिएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री असन्तुष्ट रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले बताएका छन् । हुन त सरकार गठन भएदेखि नै प्रधानमन्त्री र गृहमन्त्री थापाबीच हार्दिक सम्बन्ध थिएन । ओलीले गृह मन्त्रालयमातहतको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत लगेपछि थापा रुष्ट बनेका थिए । तर, यातायातको सिन्डिकेट हटाउने र सुन तस्करी प्रकरणमा भने ओलीले थापालाई साथ दिएका थिए ।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा गृहमन्त्री थापाले डा.गोविन्द केसी नै अधिनायकवादी भनेर दिएको अभिव्यक्तिलाई लिएर ओली आक्रोशित बनेको स्रोतले बतायो । आफ्नो सरकार अहिले सबैभन्दा बढी आलोचित हुनुमा डा.केसीको अनसन नै प्रमुख कारण भएको ओलीको निष्कर्ष छ । झन् केसीलाई नै अधिनायकवादी भनेर गृहमन्त्रीले संसदमा अभिव्यक्ति दिएपछि ओली निकै अप्ठेरो र सकसमा परेको बुझिएको छ । थापाको सो अभिव्यक्ति र राजा ज्ञानेन्द्र शाहको शाहीकालका गृहमन्त्री कमल थापाको अभिव्यक्तिमा धेरै समानता रहेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओली थापासँग रिसाएको स्रोतले बतायो ।

पछिल्लो समय गृहमन्त्री थापामा त्यति उत्साह देखिएको छैन । प्रहरी प्रशासन चलाउन मात्र होइन, यातायातको सिन्डिकेट तोड्ने अभियानमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र एनजीओ–आईएनजीओको मनपरी रोक्न र उनीहरूलाई कारबाहीको दायरामा ल्याउन खोज्दा प्रधानमन्त्री ओली नै बाधक देखिएपछि गृहमन्त्री थापामा कुनै उत्साह नदेखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =