जब शाहिद कपुरको इन्स्टा एकाउन्ट ह्याक गरिन् पत्नी मीराले , अनि के भयो ?

  • 476
  •  
  •  
  •  
  •  
    476
    Shares

एजेन्सी , शाहिद कपुर पत्नि मीरा कपुरले आफनै पतीको ईन्स्टा एकाउन्ट ह्याक गरेकी छिन् । शाहिद काममा ब्यस्त हुँदा मीराले उनको इन्स्टा माथि ‘टेक ओभर’ गरेकी हुन् । सुरुमा उनले शाहिद र आफ्नी छोरी ‘मिसा’को फोटो पोष्ट गरिन् । अनि दोस्रो पालोमा आफ्नै फोटो पोष्ट गरीन् जहाँ शाहिद कपुरलाई ब्याकग्राउन्डमा देख्न सकिन्थ्यो ।

जसमा उनले क्याप्सन लेखीन् – ‘ Insta Takeover By Me .What is he doing at the back ? ‘ त्यसपछि भने मीराले केहि नौटकीं गर्ने सोचीन् । उनले शाहिदका बिभिन्न फोटोहरुमा फन्नी क्याप्सन लेख्दै पोष्ट गर्न थालीन् । उनले शाहिदको विभीन्न फोटोलाई ट्रोल बनाउन छाडिनन् । यती मात्र हैन उनले शाहिदको आगामी फिल्म ‘बत्ती गुल मिटर चालु’ बाट लीईएका तस्विरहलाई पनि ट्रोल बनाईदिईन । यसरि उनले आफ्नै पतिको ईन्स्टामाथि टेक ओभर गरिन् ।

शाहिद र मिरा सन् २०१६ मा बिवाह बन्धनमा बाँधिएका थिए । २०१७ मा उनीहरुको पहिलो सन्तान मिसाको जन्म भएको थियो । र कपुर दम्पतीले यहि अप्रिलमा मीरो ‘दोस्रो प्रिगीनेंसी’ को खुलासा गरेका थिए । यतीबेला शाहिद श्री नारायण सीहंको ‘बत्ती गुल मिटर चालु’ मा ब्यस्त छन भने मीरा शाहिदको ट्रोल बनाउनमै ब्यस्त छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

29 − = 24