क्यान्सरबाट गुज्रिरहेकी सोनालीलाइ आयो मनिषा कोइरालाको यस्तो सन्देश

  • 2.9K
  •  
  •  
  •  
  •  
    2.9K
    Shares

एजेन्सी , सन् २०१२ मा ओभरियन क्यान्सरबाट ग्रसित भएकी अभिनेत्री मनिषा कोइराला अहिले पूर्ण रुपमा क्यान्सर मुक्त भैसकेकी छिन् । लामो समयको उपचार पछि २०१५ मा उनि क्यान्सर मुक्त भएकी हुन् । अहिले उनि पहिले झैं सामान्य जिवन बिताइरहेकी छिन् । यति मात्र हैन उनि बलिउडमा पनि सक्रिय भैसकेकी छिन् ।

मनिषा अभिनित ‘संजु’ले यतिबेला सबैको मन जितिरहेको छ भने उनको कामको पनि सर्बत्र तारिफ भैरहेको छ । यसैबीच , बलिउड संगै क्यान्सर सम्बन्धि विभिन्न चेतनामुलक कार्यक्रममा समेत सहभागिता जनाइरहने मनिषाले हालैमा अर्की अभिनेत्री सोनालीलाइ पनि क्यान्सर रहेको थाहा पाएपछि उनलाई ट्विटर मार्फत एउटा सन्देश पठाएकी छिन् ।

उनि लेख्छिन् – ‘ लभ यु बेबी , मलाई बिश्वास गर तिमि चांडै फेरी चम्किने छौ , बलियो रहनु ! हामि तिम्रो प्रतीक्षामा छौं ‘। मनिषा लाइ धन्यवाद दिदैं सोनालीले पनि रि- ट्विट गर्दै मनिषा आफ्नो प्रेरणाको स्रोत भएको पनि खुलाएकि छिन् । सोनाली अहिले न्यु योर्कमा हाइग्रेड क्यान्सरको उपचार गराइरहेकी छिन् । मनिषा संगै अहिले धेरै बलिउड सेलिब्रिटीहरुले सोनालीको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 ÷ = 23