चलचित्र मेरी मामुको फस्ट लुक सार्वजानिक

  • 80
  •  
  •  
  •  
  •  
    80
    Shares
काठमाडौँ ।  आज चलचित्र मेरी मामुको फस्ट लुक सार्वजानिक गरिएको छ । आगामी भाद्र १५ गते दखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र मेरी मामुको फस्ट लुक सार्वजिक गरिएको छ । सन्तोष सेनको ब्यानर आसुसेन फिल्मसको चौथो प्रस्तुती मेरी मामु मा निर्माता सेनका छ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहेका छन् ।
छायानंकनमा जानु अघिनै चर्चा बटुलेको चलचित्र मेरी मामु को फस्ट लुकमा मुख्य अभिनेता सेन पुत्र आयुवलाई नै फिचर गरिएको छ । फस्टलुक पोस्टरमा उनी निकै संकट र संघर्षमा रहेको भाव आउछ ।  आमा र छोराको संवन्ध बोकेको कथा मेरी मामु मा आयुवका अलवा प्रेम गीत २ नयिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार नव नायिका कुसुम गुरुङ् र दुर्गा मल्लको समेत अभिनय रहने जानकारी निमार्ण पक्षले यस अघि नै गराइ सकेको छ । चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरका छन् भने पुरोशत्तम प्रधानले खिचेका छन् ।
रिलिज मिति नजिकीदै गर्दा चलचित्रको भने धमाधम छायानंकन भैरहेको छ । हाल सम्म करिब ७० प्रतिशत छायानंकन सकिएको र यो महिनाको अन्त्य सम्म संपुर्ण छायानंकन सकिने निर्माता सेनले जानकारी गाराए । छायनंकन सगै सम्पादन, स्वाराकंन र पाश्र्व संगित लगयत संपुर्ण पोष्ट प्रोडक्सनको काम पनि संगसगै भैरहको कारण चलचित्र प्रदर्शन मिति भन्दा एक हप्ता अघि नै तयार हुने पनि निर्माता सेनको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 27