आँचललाई पाउन दुई युवाले दिए निवेदन (भिडियो)

  • 232
  •  
  •  
  •  
  •  
    232
    Shares
काठमाण्डौ। नायिका आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् । उनि अभिनित प्राय: भिडियो सफल छन् । यसै मेलोमा आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि. पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् । उदयराज पौडेल एरेन्जर हुन् ।
यूट्युबमा सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो रमाईलो छ । दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।
विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 22 = 23