कुनै समय स्टुडियोबाट धक्का मारेर निकालिईएका सलमानको जिवन कहानी यस्तो छ…

  • 489
  •  
  •  
  •  
  •  
    489
    Shares

बलिउडका दबंग अर्थात्  सुल्तान, आजकाल उनकै सिक्का चल्छ। सलमान खान बलिउडमा यस्ता स्टार हुन् जसको चलचित्रलाई हिट गर्नका लागि नामै काफी छ। सलमानले धेरै वर्ष अगाडी देखी बलिउडमा राज गरीरहेका छन्। तर उनले प्रसिद्धि र स्थिति यति सजिलै पाएनन्, धेरै ठाउँबाट अस्वीकार भए र सुनवाई नभएपछि उनी आफैले यो स्थानमा प्रयास गरेका थिए। जानिराखौ  अरबौमा खेल्ने सलमानको संघर्षको कहानी ।

स्टूडियोमा धक्का

सलमान एक प्रसिद्ध पटकथा लेखक सलिम खानको छोरा हुन्। प्रारम्भिक दिनहरुमा उनका लागि पनि सजिलो बाटो थिएन। एक समय यस्तो पनि थियो जब सलमान बी ग्रेडका डाइरेक्टर आनंद गिरधरसँग काम माग्न गएका थिए। उनले सलमानलाई काम दिएनन् र उनको आफ्नो गाडलाई बोलाएर सलमानलाई धक्का दिदै बाहिर पठाएका थिए। आज सलमानसँग धेरै गाडीहरू छन्, तर एक समय यस्तो थियो जुन बेला उनी मुम्बईको बसहरुमा धक्का खादै काम माग्थे।

केवल ७५ रुपैयाँमा काम  

यो सत्य हो कि सलमानले पहिलो पटक क्यामेरामा देखा पर्नको लागि मात्र ७५ रुपैयाँ प्राप्त गरेका थिए । त्यस समयमा सलमानसँग कसैको पनि चिनजान थिएन त्यसैले सलमान आफ्नो एउटा साथीसँग ताज होटल गएका थिए, जहाँ स्टेजमा नृत्य गरे वापत उनले ७५ रुपैयाँ पाएका थिए। यदि तपाइलाई धेरै वर्ष पुरानो क्याम्प कोलाको विज्ञापन याद छ भने त्यसमा सलमान पौडीरहेको देखिन्छ। उनले उक्त विज्ञापनको लागि ७५० रुपैयाँ लिएका थिए। यसपछि सलमानको शुल्क बढेर १५०० रुपैयाँ पुग्यो। यस विज्ञापनमा जैकी श्रोफको पत्नी आयशाले सलमानसँग काम गरकी थिइन्।  अयेशा त्यस  समयमा एक सफल मोडेल थिईन्।

घन्टौसम्म प्रोडक्शन हाउस बाहिर

१९८८ मा सलमानले ‘बीवी हो तो ऐसी’ बाट आफ्नो करीयर सुरू गरेका थिए। यद्यपि उनको फिल्मले पर्दामा केही विशेष धमाका ल्याएन । तर सलमानले हार मानेनन्, उनी हरेक प्रोडक्शन हाउसको बाहिर गएर कामको लागि घन्टौ कुर्थे। त्यस समयमा आमिर, संजय दत्त र अजय देवगन बलिउडमा जमेका थिए। यस्तो अवस्थामा सलमानलाई आफुलाई प्रमाणित  गर्न गाह्रो थियो।

भाग्यले पाए सुपरहिट फिल्म ‘मैंने प्यार किया’

 १९८९ मा आई सूरज बडजात्याको चलचित्र  ‘मैंने प्यार किया’ मा सलमानले मुख्य भूमिका खेलेका थिए।  तर यो सुरजको पहिलो छनोट थिएन। धेरै स्टारहरूले नमानेपछि उनले सलमानलाई यो चलचित्र दिएका थिए। सलमानले यस चलचित्रमा मौका पाए तर उनको यात्रा त्यति सजिलो भएन जती उनले सोचेका थिए।  सलमानले यो फिल्मको लागि पहिले ३५ हजार रुपैयाँ पाए र पछि उनको शुल्क ७५ हजार रुपैयाँ दिईएको थियो।

९० को दशकमा चम्के सलमान: 

सलमानले ९० को दशकमा धेरै सुपर हिटफिल्महरू दिएका थिए।  तर उनको करीयरको प्रमुख फिल्म ‘हम आपके हैं कौन’ ले उनलाई एक ठूलो स्टार बनाएको हो। त्यसपछि सलमानले आमिरसंग  ‘अंदाज अपना-अपना’, शाहरुखसँग ‘करण -अर्जुन’ मा पनि काम गरे। १९९५ सम्म सलमान सुपरस्टार बनिसकेका थिए।

 फ्लप फिलिमका राजा सलमान खान

सलमान खानको यस्ता फिल्महरू पनि छन् जुन तपाईलाई याद छैन। शायद तपाईहरुले उनको केहि चलचित्रहरु हेर्नु भएको पनि छैन।   फिल्म ‘निश्चय’ देखी ‘मझधार’ सम्म सलमानले एक पछि अर्को गर्दै लगातार फ्लप चलचित्रहरु  दिए।  जसको कारण उनको करीयर ट्र्याकबाट बाहिर गएको थियो । तर  चलचित्र तेरे नामले उनको डुब्न लागेको करीयरलाई बचाएको थियो।

सलमानको मुल्य करोडौ

 यो समयमा सलमान खान बलिउडको सबैभन्दा महङ्गा फिल्म स्टार हुन्। जसको एक चलचित्रको पारीश्रमिक लगभग  ६० करोड छ। सलमानले  टेलिभिजनमा आउनका लागि ११ करोड लिन्छन् र कुनै अवार्ड शो होस्ट गर्नका लागि लगभग ३ देखि ४ करोड सम्म लिने गर्दछन्। यसका साथै कुनै विवाहमा नृत्य गरेको पनि यति नै लिन्छन्। सलमानले विज्ञापनहरुका लागि लगभग ५ देखि ६ करोड सम्म लिन्छन्। प्रसिद्ध पत्रिका फोर्ब्सले पनि सबैभन्दा कमाउने अभिनेताहरूको सूचीमा सलमानलाई राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 14 = 18