एकैघरका ६ सहित ११ को मृत्युले पुरै रोल्पा शोकमा, एउटी आमाको काख रित्तियो

  • 970
  •  
  •  
  •  
  •  
    970
    Shares

काठमाडौँ । हिजो मुस्ताङ भएको टिपर दुर्घटनाले एउटा सिंगो गाउँ नै शोकमा डुबेको छ । मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पा थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएसँगै सिंगो गाउँ पीडामा परेको हो ।

ज्यामी कामकालागि  मुस्ताङ पुगेका आफ्ना  मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ। उनका छोराहरू ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको दुर्घटनामा मृत्यु भएको छ। धनपुरीका पतिकी जेठी पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठा छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि सोही घटनामा मृत्यु भएको छ।

मजदुरीमा मुस्ताङमै रहेका मृतक महेशका दाई रामबहादुर रोकाका अनुसार घटनामा रोल्पाका ११ जनाको मृत्यु भएको छ। ‘घटनास्थलमा काम गरिरहेका सबैजसोको मृत्यु भएको छ । ‘मेरै परिवारका ६ जना र बहिनीका पति (ज्वाईं) को समेत ज्यान गएको छ। एकैघरका आधा दर्जनसहितको मृत्युको खबरले सबैलाई रुवाएको छ।

मृतको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने बताइएको छ। मृतकका वृद्ध बुबाआमा शव लिन जान सक्ने अवस्थाका छैनन्। मजदुरीमै गएका बाँचेका आफन्तले नै शव ल्याउने आशामा बसेका छन्। आफन्तले मृतकलाई क्षतिपुर्ति दिन माग गरेका छन्।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 12