किन पुरा भएन निखिलको ‘कमिटमेन्ट, सालीको डेब्यु पनि धरापमा

  • 772
  •  
  •  
  •  
  •  
    772
    Shares

एजेन्सी,२४ असार । नेपाली सिने जगतका नायक तथा फिल्म निर्माता निखिल उप्रेतीको साली सिवानी लुईटेलको डेब्यु रहेको फिल्म ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ धरापमा परेको छ ।

साउथ तथा बलिउड कलाकारहरुलाई समेत अभिनय गराएका निखिलको यो फिल्म बजेटको बिषयलाई लिएर सुटिङ पुरा पनि नहुँदै रोकियो । फिल्मको लागि यसअघि नै भारतीय कलाकारहरुको भागको सुटिङ सकिएको जनाईएको थियो ।

तर बीचमा टिम भित्रै पैसा हिनामिनाको कुरा र प्राविधिकहरुले पारिश्रमिक नपाएको खबर पनि आयो । त्यसपछि रोकिएको ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ को सुटिङ पुन सुरु हुन सकिरहेको छैन । हुन त निखिलले यसअघि नै फिल्मको सुटिङ चाडै नै सुरु हुने बताएका थिए तर उनले भने अनुसारले काम भने हुन सकिरहेको छैन ।

साढे दुई करोडको लगानीमा निर्माण हुचलचित्रका लागि भनिएको यो फिल्म निखिलको करियरको लागि बलियो कडी हुने आसा गरिएको थियो किनकी निखिलका पछिल्ला फिल्महरु ‘भैरब’ र ‘लुटेरा’ बाहेक सबै फिल्महरु असफल भए ।

त्यसैले पनि योफिल्म निखिलका लागि ड्रिम प्रोजेक्ट थियो तर बिडम्बना यो फिल्म पुरा हुनै गाह्रो देखिएको छ । ‘कमिटमेन्ट सिक्स्टी हावर्स’ मा बलिउडका चर्चित कलाकारहरु रञ्जित, अनन्त जोग, अली जाफर लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेरौ निखिलको यो फिल्मको बाँकी काम कहिले सुरु हुँन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 ÷ = 19