नरगिस देखि विनोद खन्नासम्म क्यान्सरका कारण ज्यान गुमाएका यी चर्चित बलिउड कलाकार

  • 240
  •  
  •  
  •  
  •  
    240
    Shares

 एजेन्सी , सोनाली बेंद्रे पछिल्लो समय न्यु योर्कमा हाई ग्रेड कैंसरको उपचार गराइरहेकी छिन् । उनको क्यान्सर चौंथो स्टेजमा पुगिसकेको छ । यस भन्दा अघि पनि धेरै बलिउड सेलेब्सलाइ क्यान्सर भैसकेको छ । कतिले यसबाट विजय हासिंल गरे भने कतिले क्यान्सरकै कारण ज्यान समेत गुमाए । क्यान्सरकै कारण ज्यान गुमाउने केहि बलिउड स्टार्स यस प्रकार छन् । 

१. विनोद खन्ना: वेटरन स्टार विनोद खन्नाको ७० वर्षको उमेरमा लामो समय को बिमारी पछि अघिल्लो वर्ष निधन भएको थियो । उनलाई ब्ल्याडर क्यान्सर भएको थियो जसको कारण उनि धेरै समय सम्म हस्पिटलमा भर्ना भएका थिए । निधन हुनु भन्दा केहि दिन अघि उनको एउटा तस्बिर भाइरल भएको थियो जसमा उनि निकै दुब्ला देखिएका थिए । विनोद खन्नाले करिब १४४ फिल्ममा काम गरेका छन् ।

२. नरगिस : नरगिस दत्तलाइ पनि पेंक्रियेटिक क्यान्सर भएको थियो जसका कारण उनि लामो समय सम्म अस्पतालमा भर्ना भएकी थिइन् । न्यु योर्कको Memorial Sloan-Kettering Cancer Center मा लामो समयको उपचार पछि भारत ल्याइएको थियो । तर फेरी उनको स्वास्थ्यमा खराबी देखिएपछि मुम्बईको ब्रीच कैंडी हस्पिटलमा लगिएको थियो । ३ में ,१९८१ मा मुम्बईमा नै निधन भएको थियो । उनि ‘बर्षात’ , ‘मदर इन्डिया’ लगाएत दर्जनौं चर्चित फिल्महरुमा काम गरेकी छिन।

३. राजेश खन्ना : बलिउडका पहिलो सुपरस्टार राजेश खन्नापनि क्यान्सरबाट ग्रसित रहेका थिए। १८ जुलाई, २०१२ मा लामो समयको उपचार पछि उनको निधन भएको थियो जतिबेला उनि ६९ वर्षका थिए। उनकी को-स्टार मुमताजका अनुसार राजेशले एक वर्ष सम्म धेरै दुख झेलेका थिए । उनले करिब १६८ फिल्ममा काम गरेका थिए । ‘आनंद’,’दाग’,’दो रास्ते’,’अमर प्रेम’,’बावर्ची’, ‘अवतार’,’इत्तेफाक’,’हाथी मेरे साथी’ उनका चर्चित फिल्म हुन् ।

४. फिरोज खान : क्यान्सरका कारण ज्यान गुमाउने अर्का कलाकार हुन् फिरोज खान । उनको पनि ६९ वर्षकै उमेरमा निधन भएको थियो । लंग क्यान्सरको कारण उनको २७ अप्रिल २००९ मा निधन भएको हो । उनि ‘कुर्बानी’,’जांबाज’,’दयावान’,’खोटे-सिक्के’,’धर्मात्मा’,’वेलकम बैक’ जस्ता फिल्मका लागि चिनिन्छन् ।

५. सिंपल कपाडिया: चर्चित नायिका डिंपल कपाडियाकी बहिनि सिंपलको पनि क्यान्सरकै कारण निधन भएको थियो । क्यासर संग तिन वर्ष लडेपछि उनको १० नोभेम्बर २००९ मा ५१ वर्षको उमेरमा निधन भएको हो । उनि बलिउड नायिका तथा कस्ट्युम डिज़ाइनर थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 + = 91