राज्यले नै उपकुलपति कोइरालालाई अपहरण गरेकोमा संसदमा कांग्रेसको आपत्ति

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलमा धरपकड गरेर सरकारले सर्वसत्तावादी रवैया देखाएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका बद्री पाण्डेले उपकुलपति कोइरालालाई विमानस्थलबाट धरपकड गरिएको घटनाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि हुने बताए । कांग्रेसले विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका कोइरालालाई राज्यले नै अपहरण गरेकोबारे जानकारी गराउन सरकारसँग माग गरेको छ ।

‘सरकारको प्रारम्भदेखिको रवैया र गतिविधिले आशंका उत्पन्न भइरहेको थियो । कांग्रेस मात्र होइन अन्य पक्षबाट समेत अधिनायकवाद र सर्वसत्तावादतर्फ उन्मुख छन् भने टिप्पणी भइरहेको थियो,’ पाण्डेले भने, ‘हिजो त्यस्तै निरंकुश चरित्रको घटना भएको छ । सबै प्रक्रिया पूरा हुँदै गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिइयो, टोली नेतालाई धरपकड गरेर बालुवाटारमा ल्याइयो ।’

सांसद पाण्डेले सवा ५ बजे बालुवाटार लगिएका कोइरालालाई प्रधानमन्त्रीको समय मिलेन भनेर साढे ७ बजे मात्र बाहिर जान अनुमति दिइएको बताए । ‘विमानस्थलमा भएको घटनाले सरकारको निरंकुश चरित्र मात्र उदांगो भएको छैन, सन् २०२४ मा नेपालमा विश्वसम्मेलन गर्ने अवसर र नेपालको व्यक्तित्व प्रस्तुत गर्ने फोरमलाई समेत सरकारले अप्ठ्यारो पार्ने कदम उठाएको छ,’ पाण्डेले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 5