साउथ हिरोनी हंसिका प्रेममा, आखिरको संग ?

  • 524
  •  
  •  
  •  
  •  
    524
    Shares

एजेन्सी , चर्चित साउथ इण्डियन एक्ट्रेस हंसिका मोत्वानीले कैयौं हिट फिल्महरु दिएकी छिन् । अहिले उनि साउथ इण्डस्ट्रिकै टप नायिकाको सुचिमा पर्दछिन् ।यस्तै, बेलाबेलामा उनको प्रेम प्रसङ्गले पनि मिडियामा राम्रै स्थान पाइरहेको हुन्छ । केहि समय अघि खबर थियो कि उनि नायक सिम्भु संग प्रेममा छिन् । तर यसको स्वीकार भने उनले कहिल्यै गरिनन् ।

सिम्भुले भने आफुहरुको ब्रेक अप भैसकेको बताएका थिए । अहिले फेरी हंसिका प्रेममा रहेको खबरले कलिउड मिडिया तातेको छ । एक खबरका अनुसार उनि नायक अथर्वासंग प्रेममा छिन् । अहिले उनीहरु संगै एक रमाइलो फिल्ममा काम गरिरहेका छन् ।

आफुहरु प्रेममा रहेको कुरा उनीहरुले स्वीकार नगरेता पनि यो कुराको खुलासा साउथ मिडियाले गरेका हुन्। हंसिकाले ‘राजमहल’ , ‘बोगन’ , ‘जम्मै राजा’ , ‘सबसे बडा जिरो’ लगायतका चर्चित फिल्ममा काम गरिसकेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 58 = 60