पिता ऋषि कपूरका अघि आँखा झुधाएर बोल्न सक्दैनन् रणबिर

  • 514
  •  
  •  
  •  
  •  
    514
    Shares

एजेन्सी , कलाकार ऋषि कपूर आफ्ना विवादित  कमेन्ट र आचरणबाट मिडियामा बढी छाउनें गर्दछन् । हालैमा उनका पुत्र रणबिर कपूरले पनि यसबारे मुख खोलेका छन् । यहाँ सम्म कि आफ्ना कुरा माता (नीतू)को माध्यमबाट पितामाझ पुर्याउने पनि उनले बताए । उनि भन्छन्  ‘ म कहिल्यै पनि पितासंग आँखामा आँखा जुधाएर बोल्न सक्दिन , नजर झुकाएर मात्र बोल्छु ‘ ।

पिता संग कुरा गर्दा उनको जवाफ मात्र ‘हजुर’ हुने पनि उनले खुलाए । ‘उहाँलाई सम्झाउन निकै गाह्रो छ , धेरै पटक म आफ्ना कुरा माता (नीतू कपूर) को माध्यमबाट पिता सम्म पुर्याउँछु । यो भन्दा बढी म केहि पनि गर्न सक्दिन । उहाँलाई मा कन्ट्रोल गर्न सक्दिन ‘ ।

पछिल्लो समय भने ‘संजु’ को सफलता संगै ऋषि कपूर पनि खुसि देखिएका छन् । प्राय छोरा रणबिरको फिल्म माथी आलोचना गर्ने ऋषि कपूरले केहि दिन अघि एक ट्विट गर्दै रणबिरको सफलताले आफुँ निकै खुसि रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 18