हृतिक रोशनले अस्विकार गरे संजय लीला भन्सालीको अफर , कारण जानेर छक्क पर्नुहुनेछ

  • 661
  •  
  •  
  •  
  •  
    661
    Shares

एजेन्सी , देवदास , बजिराव मस्तानी , पद्मावत जस्ता ब्लक्बस्टर फिल्म दिएका संजय लीला भन्सालीको आगामी फिल्मको अफर हृतिक रोशनले अस्विकार गरेका छन् । एक खबरका अनुसार पद्मावतको सफलता पछि भन्साली एक एक्सन एडभेन्चर फिल्म बनाउदै छन् ।

उक्त फिल्म २०१६ को सुपरहिट मलायलम चलचित्र ‘ पुलिमुरुगन’ को रिमेक हुनेछ । यसमा सुपरस्टार मोहनलालको अभिनय रहेको थियो । अब संजय लीला भन्साली मोहनलालको रोलका लागि नायकको खोजिमा छन्। उनले यो अफर हृतिक रोशनलाइ गरेका थिए तर उनले यो अफर सिधै टुक्राएका छन् त्यो पनि बिनाकारण ।

लगातार ब्लकबस्टर फिल्म दिइरहेका भन्सालीको अफर हृतिकले किन अस्विकार गरे त्यो भने उनैलाई थाहा होला तर अहिले भने यस ‘अनटाइटल्ड’ फिल्मका निर्देशक भन्साली अर्का नायकको खोजीमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 + = 50