किन मागिन मनिषा कोइरालाको आमाले ऋषि कपूरको फोन नम्बर ?

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

एजेन्सी,२४ असार । बलिउड बक्स अफिसमा पर्न सफल फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको भूमिका निभाएका अभिनेता रणवीर कपूरको कामले चौतर्फी चर्चा पाइरहेको छ । हुबहु सञ्जय दत्तको भमिकामा पर्दामा देखिएका रणवीर कपूरले निकै चर्चा कमाएका छन् ।

उनीसँगै सञ्जयकी आमा नरगिसको भूमिका निभाएकी मनिषा कोइरालाकी आमा सुष्मा कोइरालाले मनिषलाई फोन गरेर उनको अभिनयको तारिफ गरेकी छन् । त्यति मात्र होर सुष्मा कोइरालाले रणवीरको भूमिकालाई पनि खुलेर प्रसंशा गरेकी छन् । सुष्माले रणवीरको भूमिकाको तारिफ गर्नको लागि ऋषि कपूरको फोन नम्बर समेत लिएकी छन् ।

भारतीय समाचार माध्यमसँग कुरा गर्दै मनिषाले भनिन्, ‘मेरी आमाले मलाई नेपालबाट फोन गरेर ममाथि र फिल्ममाथि गर्व भएको बताउनुभयो । यतिमात्र होइन उहाँले रणबीरले निकै राम्रो काम गरेको भन्नका लागि ऋषि कपुरजीको नम्बर पनि माग्नुभयो । उहाँ संजय दत्तसँग पनि कुरा गर्न चाहनुहुन्छ तर उनी र मान्यता देशभित्र छैनन् ।’

फिल्ममा मनिषाको कामको पनि निकै चर्चा भइरहेको छ । ऋषि कपुर, रेखा र विद्या बालनले मनिषालाई फोन गरेर शुभकामना दिए । संजय दत्तको यो बायोपिक फिल्मले अहिलेसम्म विभिन्न रेकर्ड तोडिसकेको छ । दोस्रो हप्तासम्म फिल्मले तीसय करोड भारुको आँकडा छुनसक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 64