संसारकै सबैभन्दा सस्तो कार टाटा ‘नानो’ किन पुग्यो बन्द हुने अवस्थामा ?

  • 181
  •  
  •  
  •  
  •  
    181
    Shares

काठमाडौं, २४ असार ।  भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेको सबैभन्दा सस्तो कार टाटा नानो बन्द हुने अवस्थामा पुगेको छ ।

मोटरसाइकलमा ४/५ जनाको परिवार कस्टपूर्ण यात्रा गरि रहेको देखेपछि रतन टाटाले सस्तो कार उत्पादन गर्ने योजना बनाएका थिए । जसको फल स्वरुप ‘नानो’ को उत्पादन भएको हो ।

टाटाले आधारिक रुपमा नानोको उत्पादन बन्द गर्ने निर्णय भने सार्वजनिक गरेको छैन । तर, नानोको खस्कदो बजारलाई ध्यानमा राख्दै कम्पनीले उत्पादन बन्द गर्न सक्ने अनुमान गरिएको छ । गएको महिना तीन वटामात्र नानो बिक्री भएको थियो भने जून महिनामा कम्पनीले नानोको निर्यात नै भएको थिएन ।

टाटाले सार्वजनिक गरेको तथ्यांकका आधारमा २०१७ मा कम्पनीले जम्मा २ सय ७५ नानो उत्पादन गरेको थियो भने, २०१८ को जुन महिनामा जम्मा १ मात्र नानो निर्माण गरेको छ । जून महिनामा ३ वटा नानो बिक्री भएको छ, जबकी एक वर्ष पहिला सोही समयमा १ सय ६७ नानो कार बिक्री भएको थियो ।

अहिलेको तथ्यांकलाई हेर्दा २०१९ बाट नानाको उत्पादन यथावत रहने अवथा नभएको टाटाका प्रवक्ताले बताएका छन् । टाटा नानो कार सन् २००९ मा सार्वजनिक भएको हो । यो कार टाटा ग्रुपका अध्यक्ष रतन टाटको चाहनामा उत्पादन गरिएको थियो ।

सन् २०१५ मा परिमार्जन हुँदै जेनएक्स मोडल सार्वजनिक भयो । नानोले सबैभन्दा राम्रो व्यापार २०१२ मा गरेको थियो । त्यो वर्ष टाटाले ७४ हजार ५ सय २४ युनिट नानो बिक्री गरेको थियो । त्यसपश्चात् नानोको बिक्री प्रतिशत लगातार घट्दै आएको छ । अब टाटाको नानो कार इतिहास बन्ने सम्भावना बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 ÷ = 16