प्रतिनिधिसभा बैठकमा डा.गोविन्द केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, २५ असार । संसदमा डा.गोविन्द केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो ।

गत शुक्रबार कांग्रेसले संसदमा दर्ता गराएको डा.केसीको जीवनरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सोमबार छलफल हुने संसद् सचिवालयले जनाएको छ । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको प्रस्ताव र पार्वती डिसी चौधरी र अहतर कमाल मुसलमानको समर्थनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो ।

संसद् बैठक दिउँसो १ बजे बस्दैछ । सोमबारको बैठकमा संसदीय सुनुवाइ समितिका लागि प्रस्तावित सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ । गत शुक्रबार नै सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाइ समितिमा रहने सांसदको नाम घोषणा गर्ने तयारी गरेका थिए । तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण रोकिएको थियो । समितिमा रहने १५ मध्ये राष्ट्रिय सभाका तीनजनाको नाम घोषणा भइसकेको छ । अब प्रतिनिधिसभाका १२ सदस्यको नाम घोषणा भएपछि संसदीय सुनुवाइ समिति गठन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 45