बन्दका कारण ‘गण्डकी’ प्रदेशका ११ जिल्ला प्रभावित, प्रदेशको नाम जातीय हुनुपर्ने नयाँ शक्तिको माग

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौं, २५ असार । प्रदेश नम्बर ४ को नाम ‘गण्डक’ राखेको विरोधमा सोमबार बन्दको आह्वान गरिएको छ । गण्डकी प्रदेशको नाम तमुवान मगरात राख्नुपर्ने माग राख्दै तमुवान मगरात संघर्ष समिति, नयाँ शक्ति पार्टी नेपाल र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी बन्द आह्वान गरेका हुन् ।

बन्दले गण्डकी प्रदेशका ११ जिल्लाको जनजीवन प्रभावित भएको छ । ती जिल्लामा सार्वजनिक गाडी चलेका छैनन् । पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचलेपछि यात्रुको विचल्ली भएको छ । बजार तथा शैक्षिक सस्ःथा पनि बन्द भएका छन् ।

प्रदेशसभा बैठकले साविक प्रदेश नम्बर ४ को नाम ‘गण्डकी’ राख्ने प्रस्तावलाई गत शुक्रबार दुई तिहाइ बहुमतले पारित गरेको थियो । तर, डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले प्रदेश ४ को नाम जातीय आधारमा हुनुपर्ने माग उठाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 86 = 95