कोइराला नेपालमै रोकिएपछि विश्व संस्कृत सम्मेलनका आयोजकले भन्यो, उपकुलपतिबिना विश्वविद्यालको सहभागिता लाजलाग्दो (पत्र)

  • 69
  •  
  •  
  •  
  •  
    69
    Shares

काठमाडौं, २५ असार । नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई सरकारले क्यानाडामा आयोजना हुन लागेको विश्व संस्कृत सम्मेलनमा जानबाट रोक लगायो । क्यानाडाको भ्यानकुवरमा हुन लागेको सम्मेलनमा जान विश्वविद्यालयका कुलपति प्रधानमन्त्री तथा शिक्षा मन्त्रालयलसँग कोइरालाले स्वीकृति नलिएको सरकारको भनाइ छ ।

क्यानाडा जान लागेका कोइरालालाई शनिबार राति प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा राखेर घर फर्काइएको थियो । यो विषयले अहिले नेपालको राजनीति तरंगित भएको छ । सरकारले प्राज्ञिक क्षेत्रको अपमान गरेको विश्लेषण गर्न थालिएको छ । गत पुसमै सम्मेलनमा जाने विषयमा सरकारले ३५ लाख रुपैयाँ बजेट छुट्याएको पनि थियो ।
कोइराला सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै क्यानाडा जाँदै थिए । तर, कोइरालालाई मात्र सरकारले फिर्ता गरेको छ । अन्य ६ जना भने क्यानाडा पुगेका छन् । कोइराला नेपालमै रोकिएपछि सम्मेलनको आयोजकले लाजलाग्दो भएको बताएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कार्यकारी निर्देशक प्रा.काशीनाथ न्यौपानेलाई लेखिएको पत्रमा ‘उपकुलपतिबिना विश्वविद्यालको सहभागिता लाजलाग्दो हो’ भनिएको छ ।

आयोजक पक्षका डा.आदेश सथाईले न्यौपानेलाई सोधेका छन्, ‘उपकुलपतिलाई विमानस्थलबाट फिर्ता गरिएको विषय सुनेर हामीलाई हतोत्साही बनाएको छ । के उहाँ सम्मेलनको अन्तिम समयसम्म सहभागी हुन सक्नु हुनेछ ? हामी सन् २०२४ मा नेपालमा हुन गइरहेको विश्व संस्कृत सम्मेलनमा नेपालको संस्कृत विश्वविद्यालयबारे महत्वपूर्ण छलफल गर्ने थियौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 − = 52