आइफोन सेभेन भन्दा कम मूल्यमा पाइन्छन् यी स्कुटर

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौँ,२५ असार । तपाईलाई लाग्न सक्छ आइफोन सभेन भन्दा बढी मूल्य स्कुटरलाई तिर्नुपर्छ । आइफोन भन्दा स्कुटर महंगो हुन्छ तर त्यो हैन् । अब तपाईले आइफोन भन्दा सस्तो र सुलभ मूल्यमा स्कुटर चढेर हिड्न सक्नु हुनेछ ।

हो भारतीय बजारमा आइफाने सेभेन भन्दा कम मूल्य अर्थात ५० हजार भारु भन्दा काम मूल्यमा पाइने स्कुटरको यहाँ चर्चा गरिएको छ । भारतीय बजारमा आइफोन सेभेनको मूल्य औषतमा ५० हजार भारु भन्दा बढी रहेको छ । उक्त मूल्य भन्दा कममा पाइने स्कुटर ?

१. हिरो डुएट : भारतीय दुईपांग्रे सवारी उत्पादन कम्पनी हिरो मोटो कर्पले उत्पादन गरेको हिरो डुएटको मूल्य ४७ हजार ७ सय ५० रुपैयाँ भारु रहेको छ । यो स्कुटर भारतीय बजारमा निक्कै लोकप्रिय रहेको छ ।

२.होन्डा नाभी : होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले उत्पादन गरेको मोटरसाइकल र स्कुटरको क्रस नाभीको मूल्य ४४ हजार २ सय ८९ भारु रहेको छ । सानो आकारको चिटिक्क परेको यो स्कुटर धेरैले मन पराएको कम्पनीले जनाएको छ ।

३ होन्डा क्लिक्स : होन्डाको अर्को स्कुटर क्लिक पनि आइफोन भन्दा सस्तो मूल्यमा पाइन्छ । होन्डा क्लिकको भारतीय बजार मूल्य ४५ हजार ५ सय ७९ भारु रहेको छ ।

४.हिरो प्लेजर : हिरो मोटर कर्पले उत्पादन गरेको प्लेजर स्कुटरको मूल्य ४८ हजार भारु रहेको छ । यो स्कुटर हिरोको धेरै बिक्री हुने मोडल मध्येमा पर्दछ ।

५. ओकिनावा रिज स्कुटर : जापानी स्कुटर उत्पादक कम्पनी ओकिनावाको स्कुटर पनि आइफोन सेभेन भन्दा सस्तो मूल्यमा उपलब्ध रहेको छ । ओकिनावा रिज स्कुटरको मूल्य ४२ हजार ४ सय भारु रहेको छ ।

६. होन्डा एक्टिभा आइ : होन्डाको अर्को स्कुटर एक्टिभा आइको मूल्य ४९ हजार ५ सय ७० भारु रहेको छ ।

७. टीभीएस स्कुटी पेप प्लस : भारतीय दुई तथा तीन पांग्रे सवारी उत्पादक कम्पनी टीभीएसको स्कुटर पनि आइफोन सेभेन भन्दा कम मूल्यमा उपलब्ध रहेको छ । टीभीएस स्कुटी पेप प्लसको मूल्य ४० हजार ९ सय ५० भारु रहेको छ ।

८. हिरो मेस्ट्रो एज : हिरोको मेस्ट्रो एज स्कुटरको मूल्य ४९ हजार ९ सय भारु रहेको छ । यो स्कुटर भारतीय बजारमा पछिल्लो समय लोकप्रिय हुँदै गएको छ । यो स्कुटर पनि आइफोन सेभेनभन्दा सस्तो मूल्यमा पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 − 33 =