विरामी अर्को अस्पतालमा पठाएको भन्दै मेडिकल अफिसरलाई ५० हजार जरिवाना, जागिर पनि गयो

  • 61
  •  
  •  
  •  
  •  
    61
    Shares

काठमाडौं, २५ असार । व्यापारका रूपमा अन्धाधुन्ध मेडिकल कलेज सञ्चालन गर्न दिनु हुन्न, सरकारले नै मेडिकल कलेज सञ्चालन गर्नुपर्छ, निजी क्षेत्रले मेडिकल कलेज सञ्चालन गरे चिकित्सा अध्ययन धेरै महँगो हुने भन्दै डा.गोविन्द केसी अनसनमा बसेका छन् । तर यही बेला एउटा निजी अस्पतालले मेडिकल अफिसरलाई नै जरिवाना तिराएको तथ्य बाहिर आएको छ ।

आफ्नो अस्पतालमा उपचारका लागि आएको एउटा विरामीलाई अर्कै अस्पताल पठाएको र त्यसबाट अस्पताललाई क्षति पुगेको भन्दै अस्पतालले उनलाई ५० हजार जरिवानाका साथै जागिर पनि खाइदिएको छ ।

मोरङको संजीवनी हस्पिटल एन्ड आईभीएफ सेन्टर प्रा.लि.ले असार १९ गते राति ११ बजे अत्यधिक रगत बगेर उपचारका लागि आएकी विरामी रुरु माया मुगनलाई अस्पताल बाहिर पठाएको भन्दै मेडिकल अफिसर आलोक रायलाई अवकाश दिएको हो । हस्पिटलका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले जारी गरेको विज्ञप्तिमा अस्पतालमा रहेका फिजिसियन, जेनरल पर्सन र अस्पताल प्रशासनलाई समेत कुनै जानकारी नदिई बाहिर पठाएको आरोप लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 1