पिडा भुल्दै हासिन् श्रीदेवी पुत्री जान्ह्वी कपूर, आसिर्बाद लिन पितासँग पुगिन् तिरुपति मन्दिर

  • 442
  •  
  •  
  •  
  •  
    442
    Shares

 एजेन्सी , चर्चित बलिउड अभिनेत्री श्रीदेवीकी पुत्री जान्ह्वी कपूर फिल्म ‘धडक’ मार्फत बलिउडमा पाइला राख्दै छिन् । उनको पहिलो फिल्म हेर्न नपाउदै माता श्रीदेवीको निधन भएपछी अति नै निरास बनेकी जान्ह्वी बिस्तारै सामान्य जीवनमा फर्किने कोसिसमा छिन् । हालैमा उनले आफ्ना पिता बोनी कपूर संग तिरुपति मन्दिर दर्शन गर्दाका केहि तस्बिर बाहिर आएका छन् , जसमा उनि केहि खुसि देखिएकी छिन् ।

पिता बोनी कपूर दुइ पुत्री जान्ह्वी र खुसिको साथमा मन्दिर दर्शन गरेका हुन् । ‘धडक’ चलचित्र रिलिजको तयारीमा रहंदा तिरुपति बाबाजीको आशिर्वाद लिन कपूर परिवारनै मन्दिर गएका हुन् । यस फिल्ममा जान्ह्वी कपूरको साथमा इशान खट्टरलाइ देख्न सकिने छ । फिल्मका गीतलाइ अहिले सबैले रुचाइरहेका छन् । ‘धडक’ जुलाई २०, २०१८ मा रिलिज हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =