जुही चावलाको हात माग्न उनको घर गएका सलमानको खुलासा

  • 405
  •  
  •  
  •  
  •  
    405
    Shares

एजेन्सी,२५ असार । बलिउड सुपरस्टार सलमान खानले कुनै समयमा नजिक रहेकी जुही चावलाको हात माग्न उनको घर गएको खुलासा गरेका छन् ।

सलमान र जुहीले फिल्ममा संगै काम गरेका थिए तर उनीहरुबिच अफयरको भने कुनै चर्चा आएन । आज भन्दा २६/३७ वर्ष अगाडीको एक भिडियो सार्वजनिक गर्दै सलमानले जुहीको बुवासँग उनको हात माग्न घर गएको तर उनले अस्विकार गरेको बताएका छन् ।

उक्त भिडियोमा उनले भनेका छन्, ‘जुही निकै सुन्दर र प्यारी छिन् । मैले त उनको पापासँग उनको हात पनि मागेको थिएँ तर बुवाले अस्विकार गर्नुभयो । सायद उहाँलाई म मनपर्दैनथ्यो । खोई उहाँलाई के चाहिएको थियो ?’

उक्त भिडियो सोसल मिडियामा सार्वजनिक भएको हो । यद्यपी, सलमानले यो कुरा ठट्टामा भनेका हुन् वा गम्भीर भएर, त्यो भने पत्ता लागेको छैन । के साँच्चै सलमान जुहीलाई प्रेम गर्दथे त ? तर यो पक्कै हो कि वर्षौं पहिले कुनै मनमुटावका कारण दुबैले पुनः सँगै काम गर्न छोडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 + = 39