‘तारक मेहता’ का उल्टा चश्माका चर्चित कलाकार कवि कुमार आजादको निधन

  • 487
  •  
  •  
  •  
  •  
    487
    Shares

एजेन्सी,२५ असार । चर्चित भारतीय टेलिभिजन शो ‘तारक मेहता’ का उल्टा चश्मामा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको निधन भएको छ।  कविको मृत्यु हृदयघातका कारण भएको हो ।

केही दिन पहिले यीकविले ट्व‍िटर एकाउन्टबाट एक तस्विर पोस्ट गरेका थिए । यस तस्विरमा यी कविले भनेका थिए, कसैले भनेको छ, भोली होस या नहोस, म भन्छु पल होस न होस हरक्षण जिउनु ।

कलाकारको मृत्युले भारतीय टिभी क्षेत्रलाई ठुलो झट्का लागेको छ। समाचार अनुसार कविले सन् २०१० मा आफ्नो ८० किलोको तौल सर्जरीबाट घटाएका थिए । यस सर्जरीपछि उनको दैनिक जीवन सहज भएको थियो ।

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो अभिनय दर्शकले मन पराइदिनु भएकोमा मलाई धेरै खुसी लागेको छ ।’ तारक मेहता का उल्टा चश्मा का कारण कवि कुमार आजादको परिचय घर घरसम्म पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 35 = 36