धुर्मुस सुन्तलीको यस्तो व्यवहारले गर्दा ‘मेरी बास्सै’ छोड्नु पर्यो (भिडियो)

  • 659
  •  
  •  
  •  
  •  
    659
    Shares

काठमाडौँ । दमन रुपाखेती आज भन्दा १२ वर्ष अघि सुरु भएको थियो टेलि सिरियल मेरी बास्सै । छोंटो समयमा नै धेरैको मन जितेको ‘मेरी बास्सै’ नेपाली टेलिभिजनको इतिहासमै सबै भन्दा धेरै हेरिने कार्यक्रम बनेको थियो । तर विभिन्न आन्तरिक बिबादका कारण यसबाट कलाकार विभाजन भएका थिए।

यसबारे मेरी बास्सैका उत्पादक मध्यका एक दमन रुपाखेतीले हालैमा एउटा ठुलो खुलासा गरेका छन् । मिडिया एन पी संगको अन्तर्वार्तामा ‘मेरी बास्सै’ का घर ज्वाईं रुपाखेतीले आफु मेरी बास्सै बाट छुटिनुको कारण खुलाएका हुन् । ‘संगै अघि बढौं भन्दा उहाँहरुलाई घमण्ड पलायो , अनि गरि खाओ भनि मेरी बास्सै छोडें’ उनि भन्छन् । उनको यो कुरा बाट प्रष्ट हुन्छ कि उनि अझै पनि धुर्मुस सुन्तली देखि निराश छन् । दमन रुपाखेती मेरी बास्सै बाट अलग भएपछी अर्को टेलि सिरियल ‘झयांई कुटी झयांई’ लिएर आएका थिए दर्शकमाझ ।

आफुँहरु संगै हुँदा ‘मेरी बास्सै’ राम्रो हुने गरेको तर एकता टुटेपछि मेरी बास्सै पनि खस्किएको उनको तर्क छ । तर पनि ‘मेरी बास्सै’मा आफुँले भित्राएका कलाकार (धुर्मुस/सुन्तली) देशका सेवक बनेको देख्दा खुसि लाग्ने बताउछन् कलाकार रुपाखेती । सिताराम कट्टेल (धुर्मुस) , कुन्जना घिमिरे (सुन्तली) , केदार घिमिरे (माग्ने बुढा) लगाएतका कलाकार यहि सिरियलबाट उदाएका हुन् । दमनको गुनासो धुर्मुस सुन्तली संग मात्र हैन हाँस्यकलाकार द्वय दीपक राज गिरि र दीपा श्री निरौला संग पनि छ ।

‘कुनै बेलाका सहपाठी रहनुभएका उहाँहरुले मलाई कुनै पनि फिल्ममा सम्झिनु भएन’ उनि भन्छन् । पछिल्लो समय ‘हाक्का हाक्की’ नामक टेलि सिरियलमा ब्यस्त रहेका उनि चांडै चलचित्र ‘ल्यांग ल्याङ्ग’ मार्फत ठुलो पर्दामा देखिंदै छन् । यस संगै उनि करिब १४ वर्ष पछि फिल्ममा देखिन लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 36