क्रोएसियाका प्रशिक्षक भन्छन्, ‘मेस्सीलाई त रोकियो ह्यारी केनलाई पनि रोक्छौं’

  • 286
  •  
  •  
  •  
  •  
    286
    Shares

काठमाडौं, २५ असार । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डकिले आफ्नो टोलीले अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई रोकेको भन्दै इंग्ल्याण्डका ह्यारी केनलाई रोक्न असहज नभएको बताएका छन् ।

रसियामा जारी विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डसँग भिड्नु अघि उनले केनलाई रोक्न असहज नभएको बताएका हुन् । ‘हामीले मेस्सीलाई सहजै रोक्यौं । ह्यारी केनलाई पनि रोक्नेछौं र फाइनलमा पुग्नेछौं,’ उनले भनेका छन् ।

इंग्ल्याण्डसँग खेल्नु त्यती सहज नभएको उनलको भनाई थियो । ‘हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । इंग्ल्याण्डसँग डराउँदैनौं,’ उनले भनेका छन्, ‘केनलाई रोक्न सहज हुँदैन तर मेस्सीलाई रोकेका हामीले उनलाई रोक्न सक्नुपर्छ । हामी त्यो गर्छौं ।’

उनले इंग्ल्याण्डका कमजोरी आफुलाई थाहा भएको उनले बताए । आयोजक रसियलाई टाइब्रेकरमा हराएर सेमिफाइनल पुगेको क्रोएसियाले बुधबार स्विडेनलाई हराएको इंग्ल्याण्डसँग खेल्नेछ । क्रोएसियाले उपाधि दावेदारकारुपमा हेरिएको अर्जेन्टिनलाई समुह चरणमा ३–० ले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =