यस्ता छन् बदाम खानुका फाईदा र बेफाईदाहरु

  • 565
  •  
  •  
  •  
  •  
    565
    Shares

काठमाडौँ ।  बदाम हामी सबैलाई मन पर्छ । बदाम मीठो त हुन्छ नै यसको पोषक तत्वको कारण पनि बदाम निकै लाभदायक छ । दिनभर बाहिर जाँदैहुनुहुन्छ भने झोलामा एक मुट्ठी बदाम राख्नुहोस्, जब भोक लाग्छ यसलाई लिनुहोस् । तपाईलाई एकमुट्ठी बदामले नै भोक नियन्त्रण गर्ने क्षमता प्रदान गर्छ साथै पर्याप्त तागत पनि दिन्छ । बदाममा म्याग्नेशियम, प्रोटिन, आइरन लगायतका विभिन्न पोषक तत्वहरु पाईन्छन् जसले हाम्रो शरिरको बृद्धि विकास गर्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग पु¥याउँछ ।

एक मुट्ठी बदाममा पाईने पोषक तत्वहरु
फाईबर ३.५ ग्राम
प्रोटिन ६ ग्राम
चिल्लोपना १४ ग्राम
भिटामिन इ ३७ प्रतिशत
म्यागनिज ३२ प्रतिशत
म्याग्नेशियम २० प्रतिशत
यसका अलावा कपर, भिटामिन बी२, फस्फोरस, कार्वोहाईड्रेट लगायतका पोषक तत्वहरु पनि पाईन्छ ।
बदाम खानुका फाईदाहरु
१. कोलेस्ट्रोल कम गराउँछ
बदामको नियमित सेवनले कोलेस्ट्रोल कम गराई शरिरलाई मजबुत राख्छ । साथै डायविटिज हुन पनि दिँदैन । त्यसैगरी पाचन प्रणाली समेत मजबुत राख्नमा मद्धत गर्छ । यसले सुगर लेभल नियन्त्रण गरी मधुमेह हुन दिँदैन । साथै अन्य रोग पनि लाग्न दिँदैन ।

२. हाड र दाँत मजबुत राख्छ
बदाममा रहेको फस्फोरसले हाड र दाँतको मजबुत राख्छ । त्यसैगरी खसखस, सर्दी भाईरल फिवर लगायतका रोगबाट बच्न पनि बदामको सेवन गर्नु जरुरी छ । कफ भएमा गरम दुधमा बदामको तेल मिसाएर पिउनाले समस्या दूर भएर जान्छ ।

३. गर्भवती महिलाको लागि फाईदाजनक
गर्भवती महिलाले हरेक दिन बदामको सेवन गर्नाले जन्मने बच्चा स्वस्थ हुन्छ । साथै गर्भवती महिलाको शरिर पनि स्वस्थ हुन्छ ।

४. भोक हटाउँछ
बदाम खाँदा भोक हटेर जान्छ । यसमा भएका पोषक तत्वले भोक नियन्त्रण गर्ने क्षमता प्रदान गर्छ साथै पर्याप्त तागत पनि दिन्छ ।

५. छाला सफा राख्छ
बदामले हाम्रो शरिरको छाला सफा राख्न पनि मद्धत गर्छ । यदि आँखा छेउको कालो भाग हटाउन परेमा बदामको तेल नियमित रुपमा कालो भएको ठाउँमा लगाउँदा जाती हुन्छ । त्यसैगरी जाडो महिनामा छाला सुख्खा भएमा यसको तेल लगाउँदा एकदमै फाईदा गर्छ ।

६. कपाल मजबुत बताउँछ
कपाल मजबुत बनाउन पनि यसको तेल अति नै उपयोगी हुन्छ । यसको तेलले कपाल चमकदार साथै मुलायम बनाउँछ । कपाल टुक्रने समस्याबाट पनि मुक्ति मिल्छ ।

बदामको बेफाईदाहरु
बदामको फाईदा संगै केही बेफाईदा पनि छ । बिषेश गरी बदाम बढि खाएमा बेफाईदा गर्छ । बदाम बढि खाँदाका बेफाईदाहरु यस्ता छन् ः

१ ग्यास्ट्रिकले सताउँछ
बदाम शरिरको लागि फाइदाजनक छ । तर बढि खाएमा त्यही बदामले शरिरमा ग्यास्ट्रिक बढाउँछ । किनकी यसमा अत्यधिक फाईबर हन्छ, जसको कारण पाचन प्रणालीमा गडबडी आउँछ ।

२. औषधीसंग खाँदा असर
औषधी खाईरहेको बेला बदाम पनि खानुभयो भने नकारात्मक असर देखाउँछ । किनकी यसमा अत्यधिक मात्रामा म्यागनिज हुन्छ, औषधीमा पनि म्यागनिजको मात्रा हुँदा बदामको सेवनले शरिरमा थप म्यागनिजको मात्रा बढाउँछ र शरिरलाई असर पु¥याउँछ ।

३. अधिक भिटामिन इ
हाम्रो शरिरलाई हरेक दिन १५ मिलीग्राम मात्र भिटामिन इ को आवश्यकता पर्छ तर बढि मात्रामा बदाम खायौँ भने शरिरमा भिटामिन इ को मात्रा १ हजार मिलीग्राम भन्दा बढि हुन्छ । यसरी बढि मात्रामा भिटामिन बढ्दा पेट फुल्ने चक्कर लाग्ने लगायतका विभिन्न समस्याहरु देखा पर्छ ।

४. तौल बढ्छ
बदामको सबै भन्दा नराम्रो पक्ष नै मान्नुपर्छ की बढि मात्रामा बदामको सेवन गरियो भने अनावश्यक तौल बढ्छ । तौल बढाउन चाहनेको लागि त बढि बदाम सेवन राम्रै होला तर तौल ठिक्कको राख्नको लागि बदाम बढि सेवन गर्नु राम्रो होईन । बदाम खाँदा हाम्रो शरिरमा क्यालोरीको मात्रा निकै बढ्छ र हामी मोटो हुन्छौँ । मोटोपना आफैमा रोग पनि हो ।

५. विषालु पदार्थको उपस्थीति
हरेक चिज बढि खायौँ भने पक्कै पनि त्यसले नकारात्मक असर गर्छ नै । त्यस्तै बदाम पनि बढि खाएमा हाइड्रोसायनिक एसिडको मात्रा बृद्धि हुन्छ । जसको कारण स्वास लिनमा समस्या हुने लगायतका समस्या देखा पर्न सक्छ । त्यसैगरी शरिरमा अनावश्यक व्याक्टेरिया जन्माउँछ ।

६. एलर्जी हुन्छ
बदाम जमिन मुनि फल्छ । त्यसैले कोही कसैमा बदाम सेवन गर्दा मात्र पनि एलर्जी हुने सम्भावना हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 + = 85