सिरिया पुगेका टाइगरले किन लिए आर्मी ट्रेनिङ ?

  • 974
  •  
  •  
  •  
  •  
    974
    Shares

एजेन्सी,२६ असार । फिल्म ‘बागी २’ मा धमाकेदार काम गरेका बलिउड अभिनेता टाईगर श्राफ ‘बागी ३’ को लागि ब्यस्त रहेका छन् । कम समयमा धेरै चर्चा कमाएका श्राफ बलिउडमा डान्स र एक्सनका स्टारहरुसँग टक्कर दिइरहेका छन् ।

उनले जति बलिउड फिल्ममा काम गरे ति सबैले सोचेभन्दा बढी नै चर्चा पाए । फिल्म ‘बागी २’ बाट धमाकेदार बनेका श्राफ यतिबेला अर्को फिल्म ‘बागी ३’ को लागि ब्यस्त रहेका छन् ।
२ सय करोड भन्दा बढी कमाउन सफल भएको फिल्म बागी ३ को टिम यतिबेला ‘बागी ३’ निर्माणमा जुटेको छ ।

यस फिल्ममा पनि टाइगरको ‘बागी २’ मा भन्दा तेस्रो भागमा झनै धमाकेदार एक्सन अवतार देख्न पाईनेछ । फिल्मका लागि नै उनले सिरियाको आर्मी क्याम्पमा बसी सैनिक ट्रेनिङ लिने भएका छन् ।

यही बर्षको नोभेम्बरमा सिरिया पुगेर उनले ट्रेनिङ लिनेछन् । ‘बागी ३’ लाई पनि निर्देशक साजिद खानले नै निर्देशन गर्ने भएका छन् । जसले टाइगरलाई ‘हिरोपन्ती’ बाट डेब्यु गराएका थिए । टाइगरले उक्त ट्रेनिङमा एम १६ जस्तो अत्याधुनिक र रकेट लञ्चर चलाउँन सिक्नेछन् । बागी २ को कथामा केही आलोचना भएतापनि फिल्ममा टाइगरले गरेको कामको खुलेर प्रशंसा भएको थियो ।

तेलेगु फिल्मको हिन्दी रिमेकको रुपमा २०१६ मा निर्माण भएको ‘बागी’ मा उनले पहिले ऋद्धा कपुरसंग रोमान्स गरेका थिए जुन थिए भने ‘बागी २’ मा दिशा पटानीसंग । धमाकेदार एक्सन देख्न पाईने भएकोले नै टाइगरको फिल्म भनेपछि दर्शकहरु निकै प्रतिक्षा गर्ने गर्छन । टाइगर तीनै नायक हुन जसलाई डेब्यु गर्दा केटी जस्तो दारी नआएको भन्दै खुलै हाँसोको पात्र बनाईन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 ÷ = 9