नायिकाको भीड रहेको ‘नाइ नभन्नू ल ५’ को ट्रेलर यस्तो देखियो (भिडियो)

  • 9.7K
  •  
  •  
  •  
  •  
    9.7K
    Shares

काठमाडौं, २६ असार । निर्देशक विकासराज आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘नाइ नभन्नू ल ५’ को टे«लर सार्वजनिक गरेका छन् । मंगलबार युट्युबमार्फत सार्वजनिक भएको चलचित्रको ट्रेलर दर्शकले मन पराएका छन् ।

चलचित्र ‘नाइ नभन्नू ल’ को पाँचौं सिरिज हो । ‘नाइ नभन्नू ल’ का चारवटै सिक्वेल हिट भएका छन् । पाँचौं सिक्वेलमा चर्चित नायिकाहरूको जमघट देख्न सकिन्छ । स्वस्तिमा खड्का, केकी अधिकारी, प्रियंका कार्कीदेखि पुरानी नायिका निरुता सिंहसम्मलाई चलचित्रमा देख्न सकिनेछ । चलचित्रमा दिलीप रायमाझी, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र भदौ ८ गते रिलिज हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “नायिकाको भीड रहेको ‘नाइ नभन्नू ल ५’ को ट्रेलर यस्तो देखियो (भिडियो)

  1. Yekdam ramro xa trelar movie ta jhan kasto hola maile nai navannu la ko 4 wotai full movie herisakeko xu.. baidesik rojgarika lagi nepal vanda bahira xu aasa xa yo movie ni youtube marfat xittai herna paune xu.. yekdam ramro banos agrim suvakamana nai navannu la team lai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 51 = 52