प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीको विधान तथा नियमावली परिमार्जनलगायतका बिषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा कार्यदले तयार पारेको अन्तिम मस्यौदाबारे छलफल भइरहेको छ ।

विधान तथा वियमालवी परिमार्जनका लागि अन्तिम मस्यौदा तयार पार्न नेकपाले केही दिनअघि महासचिव विष्णु पौडेल, वामदेव गौतम र रामबहादुर थापा बादल सम्मिलित कार्यदल बनाएको थियो । कार्यदलले सचिवालयमा मस्यौदा पेस गरेको छ । कार्यदलले तयार पारेको मस्यौदालाई सचिवालयले आवश्यक थप घट गरेपछि स्थायी समितिले स्वीकृत गर्नेछ ।

बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, ईश्वर पोखरेल, विष्णु पौडेल सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =