प्रिया प्रकाशले लिइन् एउटा विज्ञापनको पारिश्रमिक १ करोड

  • 240
  •  
  •  
  •  
  •  
    240
    Shares

एजेन्सी,२६ असार । यो वर्ष सामाजिक सञ्जालमार्फत भाइरल बनेकी भारतीय प्रिया प्रकाश वारियरले पहिलो विज्ञापनको लागि १ करोड रुपैयाँ भारु पारिश्रमिक लिएकी छन् ।

हालसालै उनलाई मुम्बई फिल्म सिटीमा देखिएको छ । प्रिया प्रकाश त्यहाँ एउटा ब्याबसायिक बिज्ञापन छायांकन गर्न पुगेकी थिईन् । प्रियाले आफ्नो पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी भारतीय मिडियाले जनाएको छ ।

प्रियाले आफ्नो सामाजिक यसरी हेर्दा प्रिया प्रकाशले दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई पनि पछि पारेकी छन् । प्रियाले आफ्नो इंस्टाग्राममा कुनैपनि ब्राण्डको प्रोमोशन गरेको ७.६ लाख रुपैयाँ लिन्छिन् ।

इंस्टाग्राममा उनको ६० लाखभन्दा धेरै फलोअर्स छन् । उनले राखेको भिडियो १ करोड भन्दा धेरै मानिसले हेर्ने गर्छन् । प्रिया इंस्टाग्राममा कम समयमा ६ लाख फलोअर्स पुग्ने तेश्रो सेलिब्रेटी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =