‘सञ्जु’ का निर्देशक राजकुमार हिरानीले गरे अर्को खुलासा, रणवीरलाई लिएर पाँच फिल्म बनाउने

  • 495
  •  
  •  
  •  
  •  
    495
    Shares

एजेन्सी,२६ असार । फिल्म ‘सञ्जु’ ले सर्बत्र चर्चा त पाएकै छ । योसँगै फिल्ममा अभिनय गर्ने कलाकारको पनि उत्तिकै चर्चा रहेको छ । बक्स अफिसमा विभिन्न रेकर्ड बनाएको छ । ‘सञ्जु’ जस्ता थुप्रै हिट फिल्म दिइसकेका निर्देशक राजकुमार हिरानीले अर्को कुराको खुलासका गरेका छन् ।

रणवीरको कपूरको अभिनय रहेको उक्त फिल्मले बलिउडमा ३ सय करोड कमाउन सफल भएपछि राजकुमारले पुनः अर्को फिल्ममा रणवीरलाई लिएर काम गर्ने बताएका हुन ।

अभिनेता रणवीरले राजकुमार हिरानीको प्रसंसा गर्दै भनेका छन्, ‘राजकुमार हिरानीले सञ्जय दत्त र आमिर खानसँग दुई दुई फिल्म गरेका छन्, ती सबै फिल्म सुपर हिट बनेका छन् ।’

जब राजकुमार हिरानीले आफ्नो अर्को प्रोजेक्ट सुरु गर्छन्, उनी आफ्नो कहानी र सब्जेक्टलाई लिएर चर्चामा आउँछन् । अब हेर्न बाँकी नै छ, उनले आगामी आफ्नो कुन प्रोजेक्ट लिएर कहिले आउँनेछन् त्यो भने हेर्न बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 2