महाकाली किनारमा मजदूरको शव

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

भीमदत्तनगर, २६ असार ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् । घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिनुभयो । सार्कीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1