संसदीय सुनुवाइ समितिको पहिलो बैठक, तीन सदस्यीय उपसमिति गठन

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, २६ असार । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक मंगलबार बसेको छ । बैठकले समितिको कार्यविधि तय गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल रहेका छन् ।

उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । संवैधानिक परिषद्ले समितिको सचिवालयमा प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । त्यही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि जेष्ठ सदस्य कर्णले बताए ।

समितिले सभापति चयन प्रक्रियामा ढिलाइ नगर्ने पनि स्पष्ट पारेको छ । १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय सभाबाट समुन प्याकुरेल, नन्दा चपाईँ र जीतेन्द्र देव रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − = 14