ओशोको बायोपिकमा आमिर र करण एकसाथ देखिने

  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

एजेन्सी,२६ असार । बलिउडका स्टार अभिनेता आमिर खान र निर्देशक करण जौहर पहिलो पटक ओशोको बायोपिकमा निर्माण हुने फिल्ममा काम गर्ने भएका छन् ।

अहिलेसम्म सँगै काम नगरेका आमिर र करण पहिलोपटक ओशोको जीवनीमा आधारित फिल्ममा सँगै काम गर्ने भएका हुन्।

भारतीय सञ्चारमाध्यको अनुसार ओशोको बायोपिक फिल्मका लागि आमिरलाई साइन गराइएको छ। यो फिल्म आमिरको होम प्रोडक्सन र करण जौहरको घर्मा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्न लागेको हो।

यसअघि आमिरले गीता फोगाटको बायोपिक ‘दंगल’मा पनि काम गरिसकेका छन्। यो फिल्मको निर्देशन ‘कपुर एन्ड सन्स’का निर्देशक शकुन बत्राले गर्दैछन् । ‘ठग्स् अफ हिन्दूस्तान’का् प्रचारप्रसारमा व्यस्त रहेका आमिर यो फिल्मलाई लिएर निकै नै उत्साहित भएका छ।

फिल्मको स्क्रिप्ट हेरेपछि अमिरले भनेका छन्, ‘अब तुरुन्तै यसको तयारी सुरु गर्नुपर्छ।’ यो फिल्म आमिरको ‘ठग्स् अफ हिन्दूस्तान’पछि रिलिज गर्नेगरी काम अगाडि बढाइने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

47 − 44 =