बलिउडमा बायोपिक बनाउनेको होडबाजी, कपिल शर्माको बायोपिकमा फिल्म बन्ने

  • 106
  •  
  •  
  •  
  •  
    106
    Shares

एजेन्सी,२६ असार । बलिउडमा यतिबेला सेलिब्रेटीहरुको बायोपिक बनाउने होडबाजी नै चलेको छ । अभिनेत सञ्जय दत्तको बायोपिकमा निर्माण भएको फिल्म ‘सञ्जु’ ले बलिउडको थुप्रै बक्स अपिसमा रेकर्ड तोड्न सफल भएपछि सन्नी नियोनीको बायोपिक निर्माण प्रर्दशनीको तयारीमा रहेको छ ।

विवादित सेलिब्रेटीको बायोपिक निर्माणको क्रममा अब पालो कपिल शर्मामा पुगेको छ । कमेडीयन कपिलको जीवनमा आधारित रहेर फिल्म बनाउने निर्देशक विनाद तिवारीले एक अन्तरवार्तामा बताएका छन् ।

फिल्म ‘तेरी भाभी है पगले’ बाट निर्देशकका रुपमा डेब्यू गरिरहेका तिवारीले यो फिल्म प्रदर्शनपछि कपिलको बायोपिक सुरु गर्नेछन् । बायोपिकमा प्रमुख भूमिकाका लागि उनले अर्का कमडियन कृष्णा अभिषेकलाई अफर गरेका छन् । तर, कृष्णले सहमति दिन बाँकी छ । यसै फिल्मबाट अभिनेता सञ्जय दत्तकी भतिजी नाजिया हुसैन पनि बलिउडमा डेब्यू गर्दैछिन् ।

फिल्मले कपिल शर्माको संघर्षका दिनहरुलाई बढि फोकस गर्ने तिवारीको भनाई छ । कपिलको जीवन निकै उतारचढावयुक्त छ । उनले सहकर्मी सुनील ग्रोवरलाई उडिरहेको जहाजभित्रै दुव्र्यबहार गरेका थिए ।

साथै एक न्यूज वेबसाइटका पत्रकारलाई फोन गरेर गाली दिएका थिए । अहिले उनी डिप्रेसनबाट पिडित भएर गुमनाम अवस्थामा छन् । एकताका निकै लोकप्रिय रहेका कपिलको टेलिभिजन शो अहिले बन्द छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 32 = 39